‘फलामे ढोका भन्दा काठकै ढोका बलियो’

‘फलामे ढोका भन्दा काठकै ढोका बलियो’

  • आइतबार, कार्तिक १९ २०६९

फलामे ढोका बन्द थियो ।

ढोका भित्र र बाहिर सुरक्षा दिने थिए । साइरन बजाइरहनु पर्ने प्रमूख व्यक्तिको ढोका बाहिरै गाडी सेकेण्ड रोकिदाँ लाग्यो, ठुलै ठाउँ हो यो ।

साइरन बजाउँदै नहिँडेको म पनि त होइन ।

सोचेँ, ‘म त आज ठूलै कुरा पो गर्छु ।’

कुनै सोधखोज बिना फलामे ढोको उघारियो – सरररररररररर ।

म भित्र प्रवेश गरेँ ।

नगएको ठाउँ पक्कै होइन । गइरहेको ठाउँ भए पनि आज विशेष नै थियो मेरा लागि । पेरिशडाँडा देखि बालुवाटारसम्म मेरो मनमा उठाउँनै पर्ने विषय ‘के देशमा कू हुँनै लागेको हो ?’ प्रश्न उठेकै हो ।

बन्दूक उठाएकै हो । परिआउँदा दुश्मनका लागि पड्काएकै हो । के को डर !

कुनै संकोच बिना भित्र छिरे । छिर्ने बित्तिकै सलुट पाइयो ।

यो सलुट बाहिरको फलामे ढोकामा पनि पाएकै हो । तर फलामे ढोकाको भन्दा काठको ढोकोको सेलुटले मन दरिलो बनायो ।
भर्याङ चढियो । बैठक कक्षमा बसियो । मन मनमा काँग्रेसी न हुँ भन्ने पनि लागेकै हो ।

के भो त पार्टी त मेरो पनि ठूलै हो । को छ त मेरो पार्टी भन्दा ठूलो भनेर सोचेकै हो ।

रामवरण यादव काँग्रेसका पूर्व महामन्त्री । मधेशी भएपनि एक मेधश एक प्रदेशको विपक्षी । हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने राष्ट्रपति । मलाई पनि त्यस्तै लाग्यो । हात मिलायौँ । आँखा झुधाएर दबै बस्यौँ ।

~~~~~~~~~~~~~~~~~~~~~~~~

‘म त आएँ नि ।’

‘मैले बोलाएँ नि ।’

दुबैबीच कुराकानी भयो ।

‘तपाई ठूलो दल सहमति जुटाउनुहोस् न ।’

‘सहमति जुटाउदै छु । पहिलो शर्त नै सरकार भन्छन् ।’

एकछिन् मौनता ।

‘देश त आर्थिक हिसाबले अप्ठेरामा पो पर्छ भन्ने चिन्ता छ । पहिले बजेट ल्याउनु पर्ने’, मैले भनेँ ।

‘होइन । बजेट ल्याउने भए पनि सहमति गर्नुहोस् ।’

‘राष्ट्रपति ज्यू जे गर्दा पनि सहमति गर्नुहोस् भन्नुहुन्छ । के म आज दालभात मात्रै खान्छु भन्न पनि नपाउने ?’

एकछिन बैठक कक्ष मौन भयो ।

अनि फेरी सुरु भयो ।

‘म के गर्नुहोस् भनौ त ?’

‘मैले के गरे भन्ने त ?’

प्रश्न दुवैका जायज ।

राष्ट्पति र प्रचण्ड भेट

२०६९ कार्तिक १९ गते

राष्ट्रपति र प्रचण्ड भेटका समाचार हेर्नुहोस् :

दाहालले राष्ट्रपति भेटे

प्रचण्डलाई आश्वस्त पार्ने राष्ट्रपतिको प्रयास

राजनीतिक दलको निर्णय आफूलाई मान्य : राष्ट्रपति

बजेटका विषयमा राष्ट्रपति र प्रचण्डबीच छलफल

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading