हाम्रो बारेमा

पहिचान मिडिया २०६९ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालन भइरहेको छ। सञ्चारमाध्यमबाट जनचासोका विषय उजागर गर्ने मुख्य उद्देश्यसहित पहिचान मिडिया लागिरहेको छ। मानववेचविखनविरुद्धको अभियान, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिको पहिचान र अधिकार तथा प्राकृतिक विपत्तिबाट बचौँ र बचाऔँ भन्ने सन्देश प्रवाह गर्दै आएका छौँ।

विगत १० वर्षदेखि पहिचान मिडियाको अनलाइन pahichan.com निरन्तर सञ्चालन भइरहेको छ। रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन, युट्युब, सामाजिक सञ्जाल फेसबुक, ट्विटर, टिकटकमा जानकारी मूलक सन्देश प्रवाह हुँदै आएको छ। सत्य, तथ्य र निष्पक्ष समाचार, विचार पत्रकार आचारसंहिता अनुसार पस्कनु पहिचान मिडियाले आफ्नो आदर्शको रूपमा लिएको छ।

पत्रकारका लागि ‘पहिचान’ अध्ययनको पाठशाला बन्ने बिश्वास समेत पहिचान मिडियाले लिएको छ। यो यहाँहरूको माया निरन्तर पाइरहने विश्वास पहिचान मिडियाले गरेको छ। गल्ती भएमा माफ मागेर नदोहोर्‍याउने प्रतिवृद्धताका साथ सञ्चारकर्मलाई अगाडि बढाइरहेका छौ। यहाँहरूको साथ र सहयोग पाइरहने विश्वास राखिरहेका छौ।

पहिचान मिडियाले सञ्चालन गरेको यस अनलाइनमा आफूलाई लागेका कुरा लेखेर पठाउन हामी अनुरोध गर्दछौँ। तपाईँका लेख रचनालाई हामी स्थान दिनेछौ। तपाईँसँग भएका सूचना नै समाचारका स्रोत हुन्। सूचना प्रविधिको विकाससँगै कुनै पनि ठाउँ दुर्गम छैनन्। तपाई भएकै ठाउँबाट पहिचानलाई जानकारी दिन सक्नुहुन्छ।

पहिचान अनलाइनको स्रोत व्यावसायिक विज्ञापन नै हो। आफ्नो कार्यालय, सङ्घ,संस्था, व्यापार व्यवसायको सन्देश प्रवाह गरेर लाभान्वित हुन पनि हामी आग्रह गर्दछौ।

ताजा अपडेट

Copyright © All right reserved to pahichan.com Site By: Sobij.