नील हिरा समाज धनगढीका कार्यबाहक अध्यक्ष ममताको अन्त्यष्टी

नील हिरा समाज धनगढीका कार्यबाहक अध्यक्ष ममताको अन्त्यष्टी

काठमाडौं (पहिचान) पुष १६ – नील हिरा समाजको शाखा कार्यालय एकता नेपाल धनगढीका कार्यबाहक अध्यक्ष ममता सिकेको अन्त्यष्टी गरिmamataएको छ । बिहिवार राती काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका ममताको पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको हो । महिला राष्ट्रिय टोलीकी पूर्व खेलाडी ममताको जण्डिस रोगका कारण निधन भएको हो ।
mamata-pasupati३२ बर्षका तेस्रोलिंगी पुरुष ममताको पार्थिव शरीरमा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङको नेतृत्वमा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यले पशुपति आर्यघाटमा पुगेर अन्तिम श्रद्धाञ्जली दिएका छन् । परिवारजन, इष्ट मित्र, साथीहरु समाजकी अध्यक्ष गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल, उपनिर्देशक परसुराम राई लगायत समुदायका सदस्यले धनगढीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकारका लागि लडाकुको रुपमा क्रियाशिल ममताको निधनमा श्रद्धाञ्जली दिएका हुन् । mamata-pasupati-s
ममताको निधन प्रति नील हिरा समाजले समूदायको अधिकार प्राप्तिको अभियानमा क्रियाशिस सदस्य गुमाउनु परेकोमा दुख व्यक्त गरेको छ । समूदायका सदस्यहरुले ममताको निधनमा शोकाकुल परिवार प्रति धैर्य धारण तथा मृतआत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरे ।
श्रद्धान्जलीका लागि एन्फा महिला समितिकी अध्यक्ष कल्पना पिया श्रेष्ठ, उपाध्यक्ष अञ्जु भट्टराई, सचिव विमला पौडेल, पूर्व महिला खेलाडीहरुको पनि उपस्थिति थियो । ममताले सन् १९९९ मा फिलिपिन्समा भएको एसियन महिला च्याम्पियनसिप फुटबलमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । उनले काठमाडौंमा २०५५ भदौंमा भएको मेयर कपमा कैलालीबाट भाग लिएकी थिइन् ।

महिला फुटवल खेलाडी ममताले तेस्रोलिंगीको समेत पहिचान बनाएकी थिइन । उनले पछिल्लो पटक २०६५ मा धनगढीमा आयोजित राष्ट्रिय महिला प्रतियोगिता खेलेकी थिइन् । बुबा गुमाइसकेका ममता आमासँग क्याम्पस रोड धनगढीमा बसेर नील हिरा समाजको शाखा कार्यालय एकता नेपालमा कार्यवाहक अध्यक्षको रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading