समलिंगी तेश्रोलिंगी खुल्न सहज हुने कार्यक्रम ल्याउन सरकारसँग माग

समलिंगी तेश्रोलिंगी खुल्न सहज हुने कार्यक्रम ल्याउन सरकारसँग माग

  • आइतबार, मंसिर १६ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0012728360{main}( ).../index.php:0
20.0013731480require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.09617135984require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.09737201528include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

इन्दिरा न्यौपाने/ मकवानपुर (पहिचान) मंसिर १६- समलिंगी तेश्रोलिंगी धेरै एचआइभी संक्रमणमा पर्ने गरेका छन् । जनचेतनाको कमीका कारण असुरक्षित यौन सम्पर्क गर्दा धेरै समलिंगी तेश्रोलिंगी एचआइभी संक्रमणमा पर्ने गरेका हुन् । अझ धेरै समलिंगी पुरुषलाई एचआइभी संक्रमण हुने गरेका खवर आइरहन्छन् । एचआइभी संक्रमण हुन नदिन नील हिरा समाजले कण्डम र लुव्रिकेण्ट वितरण गर्दै आएको छ ।

यस्तै समाजले एचआइभी संक्रमित समलिंगी तेश्रोलिंगीका लागि खाने बस्ने सुविधाका लागि क्राइसिस होम नै संचालन गरेको छ । हरेक दिन समलिंगी तेश्रोलिंगी एचआइभी संक्रमितकोमा पुग्ने गरेका छन् । एचआइभी संक्रमण हुन नदिन दैनिक समलिंगी तेश्रोलिंगीलाई कण्डम र लुव्रिकेण्ट निशुल्क रुपमा वितरण हुँदै आएको छ । विश्व एड्स दिवसका अवसरमा देशका विभिन्न ठाउँमा समलिंगी तेश्रोलिंगीले जनचेतना मुलक कार्यक्रम गरेका छन् ।
२६ औ विश्व एड्स दिवस आइतवार एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पु¥याऔं भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । एचआईभी र एड्सको प्रभावकारी रोकथाम, उपचार हेरचाह र सहयोगका लागि विश्वव्यापी समर्थन जुटाउन र जनचेतना जगाउने उद्धेश्यले हरेक वर्ष डिसेम्बर १ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

एचआईभी संक्रमणको कुनै निदान नभएपनि प्रभावकारी उपचार प्रणाली अपनाउने हो भने स्वस्थ जीवनयापन गर्न सकिने चिकित्सकहरुले बताएका छन् । एचआईभी संक्रमितका लागि एन्टीरेट्रोभाईरल थेरापीका माध्यमबाट औषधी दिने गरिएको छ । नेपालमा अहिले संक्रमितको संख्या ४८ हजार ६ सय ४८ रहेको अनुमान छ । नेपालमा पछिल्लो समय एचआईभी एड्सका नयाँ संक्रमितको संख्या घट्दै गएपनि अझै पनि संक्रमितहरु सार्वजनिक नहुँदा उपचारमा समस्या भएको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
त्यसो त आफ्नो पहिचान सहित खुल्न नसकेका एचआइभी संक्रमित समलिंगी तेश्रोलिंगीलाई नील हिरा समाजले निशुल्क रुपमा सेवा सुविधा प्रदान गरिरहेको छ । समाजले समलिंगी तेश्रोलिंगीलाई राज्यले खुल्न सहज हुने नीति तथा कार्यक्रम ल्याउनु पर्ने दवाव पनि दिदै आएको छ । २६ औ विश्व एड्स दिवसमा पनि समाजले समलिंगी तेश्रोलिंगीलाइृ खुल्न सहज हुने कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । समाजका देशभर रहेका कार्यालयले कार्यक्रम गरेर विभेदकारी व्यवहार अन्त्य हुनुपर्ने, एचआइभी संक्रमित समलिंगी तेश्रोलिंगीलाई सहज रुपमा बाच्ने वातावरण निर्माण गर्न सरकार अग्रसर हुनुपर्ने माग गरेको छ ।
नील हिरा समाजले काठमाडौंको बसन्तपुर सहित मकवानपुर, पोखरा, धनगढी, नेपालगंज, भैरहवा लगायतका ठाउँमा विभिन्न कार्यक्रम गरेको छ । नील हिरा समाज मकवानपुरले एचआइभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाइ शुन्यमा पुर्याऔ” भन्ने नाराका साथ मकवानपुरमा विश्व एड्स दिवस मनाएको छ । दिवसका अवसरमा पोस्टर, पम्प्लेट बितरण गरि कण्डमको प्रयोगबाट हूने फाइदाको बारेमा जानकारी दिइएको थियो । मकवानपुरका रिक्सा मजदुरले पनि आफ्नो रिक्सामा कण्डमलाई बेलुन जसरी फुलाएर रिक्सामा बाधि कण्डमको प्रयोगको सम्बन्धमा प्रचार प्रसार गरेका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading