मैले समलिंगी तेस्रोलिंगी बुँझेको छुँ, समलिंगी विवाहको कानुन बनाउन पहल गर्नेुछु : मेटमणि चौधरी

मैले समलिंगी तेस्रोलिंगी बुँझेको छुँ, समलिंगी विवाहको कानुन बनाउन पहल गर्नेुछु : मेटमणि चौधरी

काठमाडौं (पहिचान) साउन १४ – सांसद मेटमणि चौधरीले समलिंगी विवाहसम्बन्धी कानुन निर्माणमा पहल गर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट प्रतिनिधित्व गर्ने सांसद चौधरीले यौनिक तथा लैंगिक अल्पसंख्यकबारे आफूले केही बुझ्ने अवसर पाएको भन्दै अरुले पनि बुझेमा उनीहरुको समस्या समाधानमा सबैजना लाग्ने बताए ।

‘मैले जतिकैमात्र अरुले पनि बुझ्न पाए भने यौनिक तथा लैंगिक अल्पसंख्यकका समस्या समाधानमा लाग्नेछन्,’ सांसद चौधरीले भने, ‘म संसदमा पनि यो विषय बुझाउन लाग्ने छुँ, संसदबाहिर राजनीतिक नेता कार्यकर्तालाई पनि यो विषय बुझाउने छुँ ।’ उनले यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा कानुन बनाउन जरुरी भएको बताए ।

‘यौनिक तथा लैंगिक अल्पसंख्यकहरु पनि हाम्रै समजका उत्पादन हुन्, उनीहरु हामीजस्तै आमाबाबुबाट जन्मिएका हुन् भने उनीहरुलाई विभेद गर्नुपर्ने कारण नैं छैन,’ चौधरीले भने, ‘यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि समलिंगी विवाहसम्बन्धी कानुन आवश्यक छ, त्यो निर्माणका लागि हामी पहल गर्नेछौं ।’ उनले व्यक्तिगतरुपमा पनि पहल गर्ने बताए । ‘एउटा सांसदका रुपमा म संसदमा समलिंगी विवाहबारे वकालत गर्नेछु र विवाहले कानुनी मान्यता नपाउँदा के के समस्या आएका छन् भनेर सिंगो संसदलाई बुझाउने छु’ मेटमणिले भने ।

दाङबाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले आफूले जिल्ला कार्यसमितिमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पु¥याउन मद्धत गरेको बताए । ‘हाम्रो एमाले हुँदाको दाङ जिल्ला कमिटिमा सिल्पा चौधरी हुुनुहुन्छ,’ चौधरीले भने ।

सर्बोच्च अदालतको २०६४ साल पुस ६ गतेको परमादेश र त्यसका आधारमा बनेको समलिंगी विवाहबारे अध्ययन गर्न गठित सरकारी समितिको सिफारिसका आधारमा संविधानमा समेत समलिंगी तेस्रोलिंगीलाई नागरिकता समानता र सामाजिक न्याएको हकको व्यवस्था गरेकको छ । त्यसका आधारमा सरकारले समलिंगी विवाहसम्बन्धी विशेष कानुन बनाउन महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयमा सहसचिवको नेतृत्वमा मस्यौदासमिति गठन गरेपनि त्यसले परिणाममुखी काम गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading