“अब निजी र सरकारी दुबैले समलिंगी तेस्रोलिंगी यौनिकता पढाउनुपर्छ”


विनोद विसी/रुपन्देही (पहिचान) असोज ६ – शिक्षा मन्त्रालयका उपसचिव गौरीशंकर पाण्डेले समलिंगी तेस्रोलिंगीहरुको विषयमा अहिलेसम्मका प्रयास पर्याप्त नभएको बताएका छन् । नील हिरा समाजले भैरहवामा गरेको कार्यक्रममा उपसचिव पाण्डेले सरकारी विद्यालयको ६ देखि ८ कक्षासम्मको स्वास्थ्य तथा शारिरीक शिक्षामा यौनिकता र समलैंगिकताका विषय समेटिए पनि अङ्ग्रेजी माध्यममा नहुँदा विद्यार्थीहरुलाई यौनिकतासम्बन्धि शिक्षा पर्याप्त नभएको बताए ।
‘सरकारी तहका विद्यालयको कक्षा ६, ७ र ८ को पाठ्यक्रममा राखे पनि अंग्रेजी तहमा नभएको हुनाले आम विद्यार्थीहरुले समलिंगी तेस्रोलिंगीबारे बुझ्न सकेका छैनन्’ पाण्डेले भने, ‘कक्षा ६, ७ र ८ मा मात्रै नभएर निम्न माध्यामिक तह देखि उच्च माध्यामिक तहसम्म र अंग्रेजी माध्यममा पनि यो विषयलाई अनिवार्य अध्ययनको विषय बनाइनुपर्छ ।’
यसैगरी विर अस्पताल काठमाण्डौकी कर्मचारी पुर्णिमा शाक्यले विश्व स्वास्थ्य संगठनले १९९० मा समालिंगी तेस्रोलिंगीहरु प्राकृतीक हुन् भनेर पुष्टि गरिसके पनि नेपालको स्वास्थ्य क्षेत्रमा गरिने व्यवहारमा भने अझै भेदभावपूर्ण रहेको बताइन् ।
img_6980‘सरकारले अन्य उल्लेख गरेर नागरिकता दिसकेकाले अबका दिनमा स्वास्थ्य क्षेत्रमा पनि बिरामी फारममा अन्य उल्लेख गरेको फारम थप गर्नुपर्ने हुन्छ’ पूर्णिमाले भनिन्, ‘नील हिरा समाजले समालिंगी तेस्रोलिंगी समुदायको अधिकारको लडाई लडिरहेको बेला अन्य निकाय भने मौन रहेका छन् अब अरु सबैले बोल्न र कार्यान्वयन गर्न आवस्यक छ ।’
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका सम्भु काफ्लेले समलिंगी तेस्रोलिंगीहरु प्राकृतिक भएको भन्दै उनीहरुलाई आम नागरिक सरहको व्यवहार आवश्यक भएको बताए । ‘समालिंगी तेस्रोलिंगीहरुको अधिकार प्राप्तिका लागि सबैले आफ्नो क्षेत्रबाट आवाज उठाउनु पर्छ’ काफ्लेले भने ।
नील हिरा समाजको दिवा परियोजनाको आर्थिक सहयोगमा भैरहवामा भएको तिन दिने स्वास्थ्य क्षेत्र ‘सचेतना मुलक’ कार्यक्रममा सरोकारवाला निकायका अधिकारीहरु पनि भैरहवा पुगेका हुन् ।
कार्यक्रममा समलिंगी तेस्रोलिंगीहरु माथि हुने भेदभाव न्यूनिकरणका लागि संचालित प्रशिक्षणमा नील हिरा समाज भैरहवाकी कार्यक्रम संयोजक मनिला न्यौपानेले कार्यपत्र प्रस्तुत गरिन् । उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय समालिंगी तेस्रोलिंगीहरुलाई स्वास्थ्य क्षेत्रमा हेरिने दृष्टिकोण तथा उनीहरु माथि गरिने दुव्र्यवहारको विषयमा प्रस्तुतीकरणमा राखेकी थिइन् । न्यौपानेले समलिंगी तेस्रोलिंगीहरुलाई अझै पनि स्वास्थ्य क्षेत्रमा दुव्र्यबाहार हुने गरेको गुनासो सुनाइन् । ‘समलिंगी तेस्रोलिंगीहरु यहि समाज अनि यहि राष्ट्रका नागरिक भएपनि अनागरिक बनेर बस्नुपरेको छ’ उनले भनिन् । प्रशिक्षणमा रुपन्देहीका २८ जना स्वास्थ्य कर्र्मीहरुको सहभागी रहेको थियो ।

यसमा तपाइको मत

शिक्षा / स्वास्थ्यबाट अन्य समाचार