समलिंगी तेस्रोलिंगीको बिषय विद्यालयको पाठ्यक्रममा समावेश गर्न आग्रह


इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) असार ६ – बिद्यार्थीहरुले समलिंगी तेस्रोलिंगीको बिषय विद्यालयको पाठ्यक्रममा समावेश गर्न आग्रह गरेका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यककोबारेमा भएको अभिमुखिकरणपछि बिद्यार्थीहरुले समाजले नबुझेकै कारण समलिंगी तेस्रोलिंगी विभेदमा परेको भन्दै विद्यालय स्तरदेखि नै यो बिषय पाठ्यक्रममा राख्न आग्रह गरेका हुन् ।

जिल्ला समन्वय समिति मकवानपुरकोे आर्थिक सहयोगमा फ्रेण्ड्स हेटौडा मकवानपुरद्धारा मनहरी गाँउपालिकाका विद्यालयहरुमा यौनिक तथा लैंगिक अल्पसंख्यक सम्वन्धी भएको अभिमुखिकरण कार्यक्रममा सहभागी विद्यार्थीलले यो समुदायमा हुँदै आएको विभेद अन्त्यका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

राष्ट्रिय रोटरी माध्यमिक विद्यालयमा अध्यायनरत कक्षा ९ र १० का ५८ जना र महेन्द्र किरण माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ९ र १० का १ सय ३ जना विद्यार्थीहरुको सहभागीतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा समलिंगी तेस्रोलिंगीहरु पनि महिला पुरुष जस्तै एउटै गर्भबाट जन्मिएका सन्तान भएको वताउँदै व्यक्ति पिच्छे सोचाइ फरक भए झैं यौनिकता पनि फरक हुने जानकारी दिइएको छ ।

“कसैको फरक यौनिकता र फरक पहिचानकै आधारमा विभेद गर्नु हुदैन बिद्यार्थीहरुलाई यौनिकताबारे जानकारी दिदै समलिंगी तेस्रोलिंगीहरुले भने, मानव अधिकार सबैमा समान हुन्छ, आफ्नो अधिकार सहि रुपमा उपभोग गर्नलाई अरुको अधिकारमाथि हनन् हुने कृयाकलाप गर्नु हुदैन । विभेदको अन्त्य भए मात्र समाज परिवर्तन सम्भव हुन्छ ।”

उनीहरुले आजका कर्णधारले नै भोली राष्ट्र हाक्ने भएकाले यसको लागि स्कुलबाटै परिवर्तन हुनु आवश्यक भएको पनि उक्त कार्यक्रममा जानकारी गराइएको छ । विद्यार्थीहरुले यौन, लैंगिकता र यौनिकता सम्बन्धी प्रष्ट भएको र यो कार्यक्रमले समलिंगी तेस्रोलिंगीहरुको विषयमा धेरै बुझ्ने मौका पाएको भन्दै खुशी व्यक्त गरे ।

यसमा तपाइको मत

शिक्षा / स्वास्थ्यबाट अन्य समाचार