अन्तरलिंगी बसन्तीलाई माया गर्ने प्रेमिकामाथि कुटपिट, के माया गर्नु अपराध हो ?


कैलाली/पहिचान – मेरो नाम बसन्ती कडायत एउटा अन्तरलिंगी व्यक्ति म आफु अन्तरलिंगी हुँ भन्ने थाहा पाएको बिःस २०७२।११।२२ मा हो । म जस्तो व्यक्तिहरुको लागि काम गर्न आवाज उठाउने र समाजमा स्थापित बनाउन निक्कै भुमिका खेल्ने नील हिरा समाज रहेछ ।मैले त्यति बेला आफुलाई भाग्यमानी भएको महसुस गरे जव म जस्ता साथिहरुको जमघटमा पुगे ।

आफुलाई बुझ्दै थिए । समाजलाई बिस्तारै भन्दै थिए आफ्नो बारेमा । त्यसपछि बिःस २०७३।१०।१ मा नील हिरा समाजको कुनै एक शाखामा सुपरभाइजरको पदमा काम गर्थे। मलाई केटी मन पर्नु मेरो कुनै दोष थिएन । मेरो घर वरिपरि बाक्लो वस्थि छ, र कुनै एक घरको केटी अर्थात मेरो साथी उनी र म निकै घुलमिल रहने गर्थ्यौ ।यति घुलमिल कि तेति सम्म म कुनै संग भएको थिएन । बिस्तारै उनले मलाई मनपराएको कुरा मलाई भनिन मलाई अचम्म लाग्यो र मैले उसलाई जिस्काउदै भने अनि तिमि मेरो बुढी पो भयौ त ।
उनले हास्दै भनिन अनि तिमि बुढी, मैले हास्दै भने हुन्छ ।
त्यस पछिको समय हाम्रो कहिले उ बुढी कहिले म बुढी भन्दै बित्यो । उनी एसएलसी दिने वाला थिन । उनी भन्थिन मलाई एसएलसी दिनु छैन तर म सधै गाली गरिरहन्थे तिमिले पढ्नु पर्छ भनेर । यो कुराले कहिले काहिँ निकै बिवाद हुन्थ्यो ।
पछि त हामी यति सम्म भयौ कि एक अर्का बिना बस्न नै नसक्ने भयौ । बल्लतल्ल उनले एसएलसी दिईन र सकिएको दिन साझ फोन गरि अब खुरुखुरु आउ नत्र मर्छु भनिन । मैले अझै जिस्काए मर्न त म मेरो अफिस एक दिन छुट्टी गराई दिन्छु । उनी तिमिलाई कहिल्यै सिरिएस हुन आउदैन भनेर रुन लागिन एक छिन त म पनि छक्क परे । बिस्तारै फकाए । चैत १३ गते सकिसकेको थियो, र चैत महिना को २४ गते काठमाडौं जानु पर्ने भयो । म अफिसबाट अघिल्लो दिन नै घर आए उनी मलाई निल बजारसम्म आई बाटो भरि रोई मैले फकाउदै भने त्यसो भए भोलि नै काठमाडौं जाउ न त भने उसले भनि काठमाडौं यतै झर्नु अनि कुरा गर्छु भनि मैले टाउको हल्लाउँदै भने हुन्छ ।
बैशाख २ गते काठमाडौंबाट फर्के घरमा गुहु काट्ने चटारो थियो २र४ दिनमा सकियो । त्यस पछि बैशाख ७ गते म आफ्नो अफिस जानलाई तयार भए अघिल्लो रात बेस्सरी रोई एक छिन त म पनि रोए । उ भन्थि म छु तिम्रो लागि समाजको कुराको पछाडि नलाग भन्थी उ मलाई पुर्याउन भनेर मेरो झोला बोकेर बजारसम्म पुगि म पनि जान्छु भनेर निक्कै जिध्दी गरि धेरै सम्झाए । तर केहि लागेन आखिर गएरै छोडि । मलाई डर लाग्यो । उसले मोबाइल अफ गर्न भनि ।

म बाटो भरि निराश थिए । उ मलाई के भयो उल्लु भनेर बोलाउथी । साँझ अफिस पुगियो । मोबाइल खोले घर फोन गरे सबै भन्दा पहिले उसको आमालाई गरे । उनेले भनिन के पागल त भएनौ कहिले आउछौ भनिन । मैले केही दिनमा आउछौ भनेर फोन काटियो । त्यसपछि घर आउने जाने काम भईरहयो । उसलाई मलाई सबैले सम्झाए बरु पछि संगै बस्नु तर अचेल पढ भनेर । त्यसपछि अन्तिम पटक असारको १९ गते बिहान ४ बजे नै भागे जस्तो गरि अरुलाई थाहानै नदिई मेरो अफिस तिर गयौं । घरबाट निक्कै लगातार
फोन आयो । मैले नानु तिमि घर जाउ । म केहिदिनमा आउछु भने उसले मेरो लास देख्छौ घर पठायौ भने भनि तिमि गए मात्र जान्छु भनि । हामीले पहिले नै उसले मलाई र मैले उसलाई सिन्दुर हाली सकेका थियौ । अनि साउन महिनाको ८ गते घर आईयो । त्यसपछि हामीलाई भेटघाट गर्न बोलचाल गर्नमा निक्कै कडा गर । मैले १३ गते सम्म २ चोटि मात्र भटेको छु ।

उ घरमा सबै संग झगडा गरिरहन्छ भनेर म सुन्थे । एक दिन सम्झाउन भनेर उसको आमाले मलाई लिएर गईन । मैले धेरै सम्झाए तर मानिन मर्छु मात्र भनिरहि सारै रिसउठ्यो मर्न सक्छस भने मर भने । म घर आए त्यसको पर्सि पल्ट बिहानै उसको आमासंग मेरो बिबाद भयो । मैले भने तपाईंको छोरिलाई सम्हाल्नु म छोड्दिन्छु भने जाउ तिमि यो मरे पनि तिमिलाई केही भन्दै नौ भनिन । हुन्छ भन्दै म घर आए । त्यसपछि दिउसो करिब १२ बजे तिर उ घरछोडेर आमा दिदिहरुकै अगाडी जंगल तिर लागि ।

मैले बाटोमा देखे । मैले सबैलाई भने मर्न देउ । सबै छक्क परे । र म पनि आफ्नो काममा बजार तिर आ पछि मलाई फोन आयो । उसका दाईभाईहरु खोज्न गए । मैले पनि जानु पर्ने भयौ । म साईकलको रप्तारमा गाउबाट तलको जंगल तिर लागे । म पुग्नु भन्दा अगाडि उसका दाईहरुले भेटाई सकेका थिए ।उसलाई सबै लागेर घर जान भनियो मानिन सबै आफन्तहरु त्यही गए कति पिटे ४/५ जना लागेर पनि उसलाई गाडिमा हाल्न सकेनन । सबैले म देखि कराए ।

उसको ठुल बुबाले मलाई अलि पर बोलाएर भने ल भन अब जिम्मेवार तिमि हुनु पर्छ । नानीलाई जीवन भर पाल्नु पर्छ भने । मैले टाउको हल्लाउँदै भने हुन्छ । पहिले मसंगै गईन अब लिन्छु जिम्मा भने । घर लिएर आउनु साझ तिमिहरु दुबैलाई टिको लगाएर पठाउछु भने । सबै घर तिर लागे । उनी विचरा पुरै माटो नै माटो ले लिपिईएकी थिईन ।

उनलाई फकाउदा फकाउदा साझ को ६ बजि सकेको थियो । घरबाट छिटो आउ भनेर लगातार फोन आयो फेरि उसको २ वटा दाई साइकल लिएर आए । उसले भनि म बसन्ती संगै बस्ने हो । यदि बस्न दिदैनौ भने मर्छु । म घर जान्न भनि उसको दाईले जवाफमा त्यही विवाह गरिदिनलाई त तलाई लिन आएको भने ।
उ धेरै खुसि थिइ । बिचरा म पनि खुसि नै थिए तर मलाई थाहा थियो केहि गर्छन भनेर । घर पुगे पछि उसको घरमा करिब ३०/४० जना मान्छे थिए । मेरो घरमा त्यती थिएन १६/१७ मात्र थिए । कुरा साउन १२ गते साझाको सबै मेरो घरमा आए फेरि कुरा जरै देखि सुरु भयो । उसले मलाई केहि चाहिदैन, म बसन्तीसंगै बस्ने हो मात्र भनेकी के थिई बिचरा त्यत्रो मान्छेको हुलमा उसलाई यसरी कुटियो कि यसरी हाम्रो पुर्खेउलि गाउ तिर दशैंमा रागालाई पनि त्यसरी कुट्दैनन ।

उसलाई कुटेको मैले हेर्नै सकिन । जान खोजे यता मेरो पालो मलाई पनि त्यसरी नै कुटियो । हाम्रो कुरा सुनेनन, बोल्न नै पाएनौ । केहि बेरसम्म उसले मलाई मार मलाई किन कुट्न छोडेको भनेर बोलेको सुनिरा थे । किनकी घर तल्लो मास्लो थियो । हाम्रो पछि आफुलाई होसमा देख्दा बिस्तारामा थिए । कोहि थिएनन एउटी हजुर आमा थिईन ।

म फेरि बौलाए त्यसपछि मलाई मेरो जन्म दिने बाबाले यति सम्म भनेकी मेरो लागि मरिस जा अहिले नै जा भने बाहिर पठाए आमाले फेरि भित्र लगिन । रात भरि सरिर दुख्यो हजुर आमाले केके दलि दिईन । बिस्तारामा नै छु शरिर उठ्न समेत मिलि रहेको छैन । उनी काहा छिन ? कस्तो छ ? मलाई थाहा छैन । म यहि बुझ्न चाहान्छु के म मानव हैन ? खै मेरो अधिकार ? के मेरो मन हुदैन ? के मलाई रिस उठ्दैन ?
के मैले माया गर्नु पाप हो ? कि उनले मलाई माया गर्नु पाप हो ? माया गर्ने मान्छेलाई यसरी कुटे पछि माया गर्न छोड्छन । मेरो समाज कति पछाडि छ । हामी आफै भन्छौ हाम्रो देश किन विकशित हुदैन ? यो तरिकाले कहिल्यै हुदैन ।
यो कुरा पढ्नु हुने सबैलाई हृदय देखि धन्यवाद दिन चाहन्छु । म केही गर्न चाहन्छु । तपाईहरुको सानो सहयोगले सानो सुझावले म निकै माथि पुग्न सक्छु । कृपया मलाई सहयोग गर्नुहोस ।
मेरो ईमेल आईडि : Kadayatbasanti@gmail.com

यसमा तपाइको मत

मेरो कथाबाट अन्य समाचार