जय स्त्री कृष्ण


सुनिल बाबु पन्त/पहिचान – भारतमा पूरिको जगन्नाथ मन्दिरको कृष्ण, सुभद्रा र बलराम को मुर्ति हेर्ने हो भने, राधाले देव्रे नाकमा, कृष्ण र बलरामले दाहिने नकमा नथ्थि लगाएका हुन्छन्। यसको वारेमा त्याहांका पुजारिलाई सोध्दा पुजारि भन्छन्: “भगवान कृष्णले रास-लिला गर्दा महिलाले लगाउने सवै बश्त्र-आभुषण लगाउनु हुन्छ। नाको नथ्थि मात्र होइन कानमा झुम्का र एक चुल्ठा कपाल पनि बाट्नु हुन्छ। आंखामा गाजल र गोडामा पाउजु, साथै पैतलामा नर्तकिले लगाउने रातो रंग पनि पोतिएको हुन्छ। कृष्ण एस्तो पुरुष भगवान हो जो महिलाको भेषमा पनि सहज रमाउनु हुन्छ।”

नेपाल तथा भारतका बिभिन्न मन्दिरहरुमा कृष्णका अनेक भेषहरु मध्ये स्त्री-भेष पनि एउटा हो जस्मा भगबानले महिलाको भेष धारण गर्नु भएको हुन्छ। कृष्णलाई सारी, चोलो र महिलाको गहनामा सजाइएको हुन्छ। कसैले यस रुपलाई मोहिनि अवतार भन्छन् भने कसैले कृष्णले आमा-यशोधालाई चकित पर्नका लागि यस्तो स्त्री-भेष धारण गरेको पनि भन्छन्। कसैले त कृष्णलाई गोपिनीहरुले सजाय दिएको पनि भन्छन्।

कथा अनुसार, भएछ के भने: एक दिन कृष्णको जिस्क्किने तथा ठट्टा-मजाक गर्ने वानि वाट आजित भएर गोकुलका महिलाहरुले एक पटक एकजुट भएर कृष्णलाई सजाय स्वरुप महिलाको बस्त्र धारण गराउने ठानेछन्।

(गोपिनीहरुले गाएको) एक निकै चलेको गित पनि छ, ठुम्रि रागमा: “नर को नारी बनाओ !” (नेपली मा उल्था: पुरुषलाई महिला बनाइदेऊ !)

गोपनीहरुले कृष्णलाई समातेर घांगर, चोली लाउन लगाउछन्, अनि हात र गोडामा मेहन्दि पनि लाउन लगाउछन्। कृष्ण रिसाउलान भनेको त उल्ठो खुसि र दंग पो हुन्छन्, गोपिनीहरु त अचम्मै पर्छन। “अरु थप गहना लगाइदेऊ” कृष्ण माग गर्छन्, “सृङ्गार राम्रोसंग गर मेरो”। त्यसैले,जो सजाय भनेर सुरु गरेको त रमाइलो, लिला, उत्सवमा पो परिणत हुन्छ।

अर्को कथामा, जस्लाई “गोरे ग्वालाको लिला” भनेर पनि चिनिन्छ, राधा र कृष्णले एक-अर्काको लुगा साटा-साट गर्छन्। कृष्णले राधाको भेष धारण गर्छन्, राधाले कृष्णको भेष। र यो राधाको अनुरोधमा गरिएको हुन्छ, किनकि राधालाई “मलाई प्रेम गर्दा कृष्णको अनुभुति कस्तो हुदो रहेछ त” भन्ने जान्न मन लाग्छ। तर उनलाई अनुभूत हुन्छ “मैले कृष्णको भेष धारण गरे पनि मन त मेरो राधाकै छ” र भन्छिन्: “हे कृष्ण ! तिमी म जस्तो देखिन त सक्छौ तर तिमिसंग छुट्टिदाको मेरो मनको पिडा तिमिले कहिल्यै बुझ्न सक्दैनौ।“ त्यसैले कोहि भन्छन् आफ्नी प्यारी राधाको संझनामा कृष्णले स्त्री-भेष धारण गर्ने गर्छन् भनेर।

अर्को व्याख्या अनुसार, एक रात राधा-कृष्णको मिलन पछि जव विहान उज्यालो भएको पत्तो लाग्छ, दुवैले झट-पट लुगा लगाउंदा एकले अर्काको लुगा लगाउन पुग्छन्। र हरेक गाउंलेहरु अचम्भित हुन्छन् “कि यति सुन्दर काली गोपिनी को रहिछ र को हो यो नया गोरो सुन्दर गोपाल?” भनेर।

भारतको तमिलनाडु राज्यका तेस्रोलिङ्गिहरु, जस्लाई स्थानिय भाषामा ‘अलि’ वा ‘अरभानी’ भनेर चिनिन्छ, को विचमा एउटा कथा प्रचलित छ। माहाभारतका अर्जुनका छोरा अरभानलाई बलि चडाउनु पर्ने हुन्छ यूद्ध जित्नकालागि। तर भरखर १७ बर्षका अरभानले विबाह सुख नभोगि आफू बलि नचड्ने अडान राख्छन्। एक रातका लागि अरभानको विबाह गरिदिने निधो हुन्छ, तर कुनै राजकुमारीले पनि विबाह गर्न नमाने पछि कृष्णले नै मोहिनी रुप धारण गरेर अरभानसंग विवाह गर्छन्। अरभान र कृष्णको एक रातको सुहागरात पछि अरभानको बलि चडाइन्छ र कृष्ण रुंदै-बिधवा हुन्छन्, सेतो सारी लगाउछन्। त्यसैको परम्परा स्वरुप आज पनि हरेक साल तमिलनाडुमा ३ दिने मेला लाग्छ, अरभानी(तेस्रोलिङ्गि) र पुरुषहरु जमघट हुन्छन्, भोलि पल्ट विबाह हुन्छ र पर्सिपल्ट अरभानीहरु रुंदै सेतो सारी लगाएर बिधवा हुने परम्परागत चाड आज सम्म पनि मनाइदैछ। यो मेला पोण्डिचेरिको कोथान्दवार मन्दिरमा पनि लाग्छ हरेक बर्ष।

कृष्णको यो स्त्री-रुपमा समेत रमाउने भावले प्रेम, आकर्शण र लिलाको महत्व दर्शाउंछ जो आजका ‘पण्डित’हरुको नियन्त्रण गर्ने र टिका टिप्पणि गर्ने रुडिबादि सोच भन्दा बिल्कुलै भिन्न छ।

देबदत्त पटनायकको लेखवाट प्रोत्साहित!

यसमा तपाइको मत

साहित्यबाट अन्य समाचार