म त म हुँ नि तिमी बनाउन छोडिदेउ


पिंकी गुरुङ/पहिचान

 

 

 

मौसम बहार छ रंगी चङगी फुल जस्तै
तर मन उजाड छ मरुभुमी जस्तै
माहोल संगितमय छ जन्तीको पञ्चे बाजा जस्तै
तर मन सुनसान र एकाङ्गी छ कालो रात जस्तै

खै किन म रम्न सकिन रंगी चङगी फुलमा
मन झुम्न सकेन संगितको धुनमा
अनायासै पिरलो छ मन भित्र एकनास र तमासको
र पनी मन एकोहोरो हुन सकेन सुनसान रातमा

आफैको चित्र कोर्न सकिन,
आफ्नो प्रकृतीको ऐनामा आफै रम्न म सकिन
किन आफ्नो ऐनाको प्रतिबिम्ब अरुलाई देखाउन सकिन
हे भगवान कित आँट देउ
कि त बिभेद हटाई देउ
म र म प्रतीको असमानतालाई चिरी देउ ।

म त म हुँ नि तिमी बनाउन छोडिदेउ
म भित्रको स्वतन्त्रतालाई खुल्ला आकाशमा उड्न देउ
मेरा पखेटाहरु काटन होईन उडनका लागि फिजाई देउ
धर्म त त्यो हो जसले अरुलाई खुसी राख्छ
पुण्य त त्यो हो जस्ले अरुको भलो गर्छ

मेरो खुसी मेरो प्रकृतीको स्वतन्त्रता
अनी मेरो भलो त मेरो स्वछन्दता
पापी त त्यो हो जसले अरुलाई दुखी बनाउँछ
अपराधी त त्यो हो जसले अरुको कुभलो गर्छ

तर मलाई नै किन पापी बनाउँछ
म आफु खुसी हुन खोज्दा
मलाई नै किन अपराधी देख्छ
मैले आफनो भलो चाहदा ।
होईन, होईन अब फुटन पर्छ मनका चोटहरु
तोड्नु पर्छ बन्धनका जन्जिरहरु
सामाजिक बन्धन र आत्मा कमजोरका ति इतिहासहरुलाई टेकेर खुल्न र जिउन पर्छ
आफना जीवनहरु ।।
धन्यवाद

यसमा तपाइको मत

साहित्यबाट अन्य समाचार