तेस्रोलिंगीको समान समस्या : रोजगारी


काठमाडौं/पहिचान- सुनसरी दुहबीकी चाँदनी शर्मा पेसाले नृत्यंगना हुन् । पचिहान तेस्रोलिंगी महिलाको हो । अक्सर वीरगन्जमा बस्ने उनी उतै नाच्छिन् । पैसा कमाउँछिन् । उनले घरपरिवार पनि हेर्नुपर्छ । नाचेर आएको पैसा आफूले खर्च गरेर बचेको घर पठाउने गरेको चाँदनी बताउँछिन् ।

उनको जन्म छोराका रुपमा भयो । हुर्किदै जाँदा उनमा छोरीको स्वभाव देखियो । उमेर मात्रै बढेन उमेरसँगै उनमा छोरीको स्वभाव पनि बढ्यो । सुरुमा आँफैले पनि आफ्नो पहिचान र यौनिकताकारे थाहा नपाएकी उनले विस्तारै आफू तेस्रोलिंगी भएको थाहा पाइन् र उनले आफूलाई छोरीकै स्वरुपमा ढालिन् ।

समयसँगै समलिंगी तेस्रोलिंगीलाई राज्यले हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउँदैछ । नागरिकताबाट सुरु भएको अधिकार प्राप्तीको यात्रा राहदानी हुँदै अहिले समलिंगी विवाहको चरणसम्म आइपुगेको छ । यसमा उनी खुसी छन । तर, राज्यसँग उनको असन्तुष्टि पनि छ । रोजगारिको अवसर नपाएसम्म अधिकार पाएर मात्रै नहुने उनको बुझाई छ । आर्थिक रुपमा सबल नभएसम्म समाज र घरपरिवारले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन नआउने उनको बुझाई छ ।

चाँदनी जस्तै पहिचान र पेशाले समान छिन् पूजा । वीरगन्व स्थाइ घर भएकी उनी पनि नाचेर जिविको पार्जन गर्छिन् । उनको अवस्था पनि चाँदनीको जस्तै रह्यो चाहे त्यो बाल्यकालमा होस् या यौवनावस्था ।

सानो छँदा उनलाई पनि आफू के हुँ र मेरो पहिचान के हो भन्ने थाहा थिएन । चोरी चोरी आमाको लिबिष्टिक पाउडर र साडी चोलो लगाउने पूजालाई पनि समयले नै उनको पहिचान स्पष्ट पारिदियो ।

फरक पचिान लिएर बाँच्नु त्यती सजिलो थिएन । तर पनि उनले आफूलाई लुकाइनन् । आफ्नो पहिचान एक्सपोज गरिन् । मन लागेको लुगा लगाइन् । समाजको सामना गरिन् । समाजले पछाडि जे भने पनि अगाडि अहिले स्वीकारेको छ ।

प्राय अधिकांश तेस्रोलिंगीका समस्या एउटै हुन्छन रोजगारी । उनको माग पनि सरकारसँग उही छ । राज्यले रोजगारिको ग्यारेन्टि गरोस् । “समाजले हाम्रो पहिचान थाहा पाउने बित्तिकै हामीलाई जागिरबाट निकालिदिन्छ । यो अवस्थाको अन्त्य होस् भन्ने म जस्ता तेस्रोलिंगीको चाहना हो । राज्यले रोजगारिको ग्यारेन्टी गरिदिए आर्थिक सुरक्षा हुने बित्तिकै हामीलाई सहज हुनेथियो ।”

यसमा तपाइको मत

विचारबाट अन्य समाचार