सैन्य सेवामा तेस्रोलिंगीलाई निषेध गर्ने प्रस्ताव खारेज


काठमाडौं (पहिचान) कार्तिक १५ – अमेरिकाको सैन्य सेवामा तेस्रोलिंगीलाई निषेध गर्ने राष्ट्रपतिको प्रस्तावलाई एक अदालतले खारेज गरेको छ । कुनैपनि नीतिले प्रस्तावलाई स्विकार गर्न नसक्ने भएकाले खारेज गर्नु पर्ने अदालतको ठम्याइ रहेको छ ।

वासिङटन डिसीमा रहेको जिल्ला अदालतका न्यायाधिश कोलिन कोलर कोटेल्लीले तेस्रोलिंगीलाई निषेध गर्नु पर्ने कुनै कारण नभएको बताएका छन ।

उनले तेस्रोलिंगीले सैन्य सेवामा अहिलेसम्म कुनै नकारात्मक असर पारेको नदेखिएको पनि उल्लेख गरेका छन् । तर अमेरिकी सरकारले भने तेस्रोलिंगीका कारण सैन्य सेवामा खर्च बढेको भन्दै उनीहरुलाई सेवा प्रवेशमा रोक लगाउन खोजिएको बताएको छ ।

उनीहरुलाई सैन्य सेवामा निषेध गर्ने प्रस्तावलाई परम्परावादीहरुले प्रशंसा गरेका थिए भने उदारवादी र तेस्रोलिंगीहरु तथा लैंगिक समानता पक्षधरहरु क्रुद्ध भएका थिए ।

“अदालतको यो आदेशले हामी सवैलाई खुशी बनाएको छ, यो हामी सवैको विजय हो, समानताको पक्षमा आदेश आएको छ,” एक जना तेस्रोलिंगी शान्नोन मिन्टरले भने ।

रिचमण्ड विश्वविद्यालयका कानून प्राध्यापक कार्ल टोविआसले यात्रामा प्रतिवन्ध लगाउने निर्णय जस्तै ट्रम्प प्रशासनले रुढीबादी बाहुल्यता भएकाहरुको सल्लाहमा यस्तो निर्णय गरेको बताए ।

राष्ट्रपति कार्यालय ह्वाईट हाउसका संचार सचिव सराह हुक्काबी सान्डेर्सले ‘प्रेस व्रिफिङ’ मा न्याय विभागले आदोमाथी पुनर्विचार गर्ने बताए ।

यसमा तपाइको मत

मानव अधिकारबाट अन्य समाचार