‘हाम्रो मायाले लैंगिकता हेर्दैन’

काठमाडौं (पहिचान) भदौ २८ – यहि भदौ २१ गते भारतको सर्वोच्च अदालतले समलैंगिकतालाई अपराधको सुचिबाट हटायो । सर्वोच्च अदालतका मुख्य न्यायाधीस दीपक मिश्रको उच्च टोलीले सेक्सन ३७७ ले समलैंगिक यौन सम्बन्धलाई अप्राकृतिक भन्दै अपराध बनाइरहेको मुद्धालाई उल्टाउदै ऐतिहासिक फैसला गर्यो ।

सन् १८६१ को संबैधानिक कानुनमा आधारित करिब १ सय ५७ वर्ष पुरानो र सन् २०१६ को फैसलालाई उल्टाउदै उक्त फैसला गरेको थियो । तर भारतको कतिपय ठाउमा अन्तरजातिय विवाहसमेत स्वीकार गर्न नसक्ने भारतीय समाजमा सर्वोच्च अदालतले गरेको यो ऐतिहासिक निर्णय जम्मु कास्मिरमा भने लागू हुन सकेन ।

यो कथा कास्मिर उपत्यकामा अध्ययनरत एक २१ वर्षीय छात्राको हो, जसमा उनले आफ्नो समलैंगिक भोगाईबारे यस कथामार्फत सबैसमक्ष पुराउने जमर्को गरेकी छिन् ।

म एक कास्मिरि समलैंगिक महिला हुँ । एउटा साँघुरो कोठाबाट लुकेर बाहिर चियाउनुपर्छ । र कोहि नभएको मौका छोपि बाहिर हिड्नु पर्छ । मैले मेरा छरछिमेकी, आफन्त सबैसंग डराउनपर्छ । कहिलेकाहि त म आफैलाई आफ्नै वास्तविकतासंग पनि डर लाग्छ । देशभर सर्वोच्च अदालतले सेक्सन ३७७ अनुरुप गरेको नयाँ फैसलाको खुसियाली मनाइरहेको बेला मेरो क्षेत्रमा भने समलैंगिक भएकै कारण अझै यसको सजाय भोग्नुपरिरहेको छ ।

भारतको सिमान्तकृत क्षेत्रको सुचिमा नरहने भएकोले म मेरो समुदायप्रति निकै नै हर्षित छु । साथै कास्मिरमा विभिन्न सम्भावनाको लागि सोच्दै छु । कास्मिर मुस्लिम बाहुल्यता भएको प्रान्त हो र यो सधै एकैखाले सामाजिक मनोविज्ञानका साथ अगाडि बढ्न चाहन्छ । यहाँ दैनिकजसो प्राय विभिन्नखाले उतारचढाव भइरहन्छन् । जसको कारण सर्वसाधारणले समस्या झेलिरहनुपर्ने हुन्छ । जसभित्र लिंग परिवर्तन गरेका, समलैंगिक व्यक्तिहरु समेत पर्दछन् । त्यहाको जनगणना अनुसार करिब ४ हजार लिंग परिवर्तन गराएका व्यक्तिहरु आफ्नो मौलिक हकका लागि संघर्ष गरिरहेका छन् ।

म आदरणिय डाक्टर आइजाज बुंदलाई धन्यवाद ज्ञापन गर्दछु किनकी उहाँको समर्थनले गर्दा कास्मिरमा अब लिंग परिवर्तन समुहका व्यक्तिले अलग्गिएर बस्नुपर्ने छैन । उहाँ सन् २०१० देखि यस समुदायको हकहितका लागि आवाज उठाउदै आउनुभएको छ । कास्मिरमा तेस्रोलिंगी समेत लिंग परिवर्तन गराएका व्यक्तिको पहिचानले चिनिन्छन् । तर समलैंगिक पुरुष तथा महिला भने अझै पनि पहिचान र नामविहिन छन् । तिनीहरुलाई यतिसम्म पनि थाहा छैन कि त्यहा अन्य लिंग भएका मान्छेहरुको अस्तित्व छ भनेर ।

उनीहरु आफैमा यस्तो सोच्छन् कि अर्कै ग्रहबाट आएको व्यवहार गर्ने हामीले उनीहरुलाई आफ्नो समुहमा कसरी स्वीकार्न सक्छौ ?
आफ्नो अधिकारका लागि भनेर दिइएको आवेदन समेत अदालतको कुनचाहि फोहोर फाल्ने कुनामा फालिएको छ कुनै अत्तोपत्तो छैन । एलजिविटिआइ समुदायले लामो समयदेखि लड्दै आएको छ । यस समाजमा यौनिकताको धारणाले भिन्दै मोड लिएको छ । यसका लागी कास्मिर समुदायले समलैंगिकहरुको हकमा कुनै कदम चालेको छैन ।

विशेषगरि भेदभाव र अस्विकारको भावना हाम्रै घरमा जरा गाडेर बसेको छ । हाम्रो पक्षमा उभिनु पर्ने आफ्नै परिवारको सदस्यले समेत हाम्रो शिर ठाडो हुने वातावरण बनाउदैनन् । उल्टै गिज्याउने गर्दछन । उहाहरुको यस्तो व्यवहारले हाम्रो वास्तविक पहिचानलाई आफैबाट अपमान गर्नुपर्ने अवस्था छ ।

राजनैतिक उथलपुथलका कारण हाम्रा आवाजहरु बाहिर आउन सकेका छैनन् । जसको कारण हामी घरभित्रै बस्न रुचाउछौ । सामाजिक समस्याका बावजुद हामीले आफ्नो बन्द कोठाबाट आफ्नो स्वतन्त्रताको लागि चुपचाप बस्नुपर्ने बाध्यता छ ।

आफ्नो हकका लागि लड्नेहरुको मृत्युका निशानहरु कास्मिरको कुनाकाप्चामा भेटाउन सकिन्छ । केहिले आन्दोलनकारीको रुपमा ज्यान गुमाए, कतिले शहिदको नाममा ज्यान गुमाए भने कतिपयले अस्विकार गरेको तथा अलग्गाएको नाममा आफ्नो ज्यान गुमाए । कास्मिरका लागि यो द्धन्द्धको एक रुप मात्र होइन जसले यहाका सर्वसाधारणलाई अप्ठेरोमा पार्ने कठोर सामाजिक कलंकको उजागर गर्दछ ।

एउटाको लैंगिकतालाई मुल्यांकन नगरि उसको पहिचान सार्वजनिक गर्नु महत्वपुर्ण कुरा हो । समाजले कुनैपनि व्यक्तिको लैंगिक पहिचानलाई स्वीकार्नु यहाको समाजका लागि ठुलो चुनौती हो । हामी तपाइको दिदी बहिनी, आमा बुवा तथा अन्य तपाइको दैनिकीसंग जोडिने व्यक्ति जो कोहि पनि पर्न सक्छौ । हाम्रो माया पनि तपाईहरुको जस्तै पवित्र छ । हाम्रो मायाले तपाइहरुले जस्तो लैंगिकता हेर्दैन । फरक यति हो कि हाम्रो मायालाई समाजले कलंकको रुपमा हेर्छ ।

म शारिरिक रुपमा पीडित भइन । केवल मेरो आत्माले मेरै वरिपरि रहेका व्यक्तिहरुमार्फत घरिघरि चोट खान पर्यो । त्यसैले म भन्छु, कास्मिरमै रहेर धेरै पर पुग्नुअघि हामीलाई हाम्रो पहिचानसहितको व्यक्तिगत जीवन जिउन छ ।

यो स्टोरी हामीले द कास्मिरी वालबाट लिएका हौ ।