कुनै दिन अवश्य भेट होला …

काठमाडौं (पहिचान) असोज १७ – हृदयमा उहि बस्छ जसलाई पाउन निधारमा लेखेको हुदैन र जिन्दगीमा यस्तो मान्छेसंग भेट हुन्छ जसले पल भरमै जिन्दगी भरको लागि यादगार बनाई दिन्छ । मान्छेलाई खालि पेट र खालि गोजिले जिन्दगीको अर्थ र परिभाषा सिकाउछ । जब आफ्ना र समयले एकै साथचोट दिन्छ नि तब मान्छे बाहिरबाट मात्र होइन भित्रै देखि पत्थर बन्छ ।

मलाई बदलिने समय र बदलिने मौसम असाध्यै मन पर्छ तर बदलिने मान्छे फिटिक्कै मन पर्दैन । मान्छेहरु भावनामा बहकिएर जिन्दगीको कुरा गर्छन । भावनामा बहकिएर जिन्दगीको परिभाषा भन्छन । वास्तविक जिन्दगीसंग वास्तविक भोगाइसग हार खान्छ जिन्दगीमा आँखाले देखेको संसार र मनले रोजेको कुरा कहिल्यै पाईदैन ।

हृदयमा एउटा बस्छ, भेट अर्कोसंग हुन्छ र जिन्दगी एउटासंग कटाउनु पर्छ । सायद यही होला वास्तविक जिन्दगी । सुरु सुरुका दिनहरूमा तिमीले बोल्ने शब्द जिन्दगीको परिभाषा सम्झिन्छु ।

अचम्म लाग्छ मान्छे कति छिटो परिवर्तन हुन्छन । तिम्रो लागि म कति महत्वपूर्ण थिए त्यो मलाई थाहा छैन । तर तिमी मेरो लागि कति महत्वपूर्ण थियौं मलाई राम्रोसँग थाहा छ । लाखौं लाख शब्दहरुले बुझाउन खोजे तर सकिन उल्टो नराम्रो भए तिम्रो लागि अहिले जसरी झर्किन्छौ, रिसाउछौ तर तिमी जिन्दगीमा यति धेरै पछुताउछौ एक दिन तिमी खुब रुने छौ । मलाई सम्झिदै भन्ने छौ उसले यति धेरै ख्याल राख्दा नि मैले उसको माया बुझ्न सकिन ।

तिमीले मेरो लागि जति गुमायौ मैले पनि त्यति नै गुमाएको छु । चौबाटो र घुम्तिहरुमा धेरैले नजर जुधाए, धेरैले रहर अनि ईच्छा राखे, म संग जिन्दगी कटाउन । तर हृदयमा तिमी बस्यौं कसरी मलाई पनि थाहा छैन । मेरो जिन्दगी राम्रोसँग बुझेकी छौ, राम्रोसँग नियालेर गएकी छौ । जिन्दगीमा थाहा छैन तिमीलाई मरे पछि भुलेको हुने छु या हृदयमा तिम्रो यादहरु रहिरहनेछ तर पनि जब सम्म यो मुटुको ढुकढुकी कायम रहिरहने छ तब सम्म हृदयमा सधै हुने छौ ।

तिम्रो त्यो स्थान म कसैको लागि खालि गर्ने छैन बाँकी जिन्दगीमा जो जति गासिएलान गासिन आउलान तर तिम्रो त्यो स्थान कसैले पाउने छैन । भगवानको मुर्ति अगाडी प्रत्येक बिहान प्रत्येक साझ बत्तीको दिप बलिरहने छ । यदि भगवान छन भने भगवानले मेरो छट्पटी तिमी प्रतिको माया देखे छन भने अनिधो रातहरु संगको छट्पटी देखे छन भने कुनै दिन अवश्य भेट होला ।

प्रिय म अझै केहि समय पर्खाईमा रहने छु । त्यसपछि त मृत्यु पनि कसो नआउला र मैले तिमीलाई चाहयो भने धेरै गर्न सक्थे गर्थे पनि । सायद तर मलाई ईज्जतको सवाल छ तर पनि हेर्दै जाम समय न हो के के हुन्छ । जिन्दगीको पहिलो कदम सहि बाटोमा राख्नुहोस ।

यहा हरेक किसिमका मान्छे भेटिन्छन् । कोही मायाको नाटक गर्छन् । कोही नाताको नाटक गर्छन । जिन्दगी उथलपुथल बनाईदिन्छन । अनि सजिलै भन्छन् मैले के गरे सुःखमा मान्छे फर्केर हेर्छ अनि दुःखमा हेरेर फर्किन्छ ।

सायद यही हो वास्तविक जीवन । बाँकी सब भावनामा बहकिएर बोलिने शब्द र आबेगमा गरिने निर्णय हुन ।

(विपिन कडायत अन्तरलिंगी अधिकारकर्मी हुन् ।)