खड्का र योञ्‍जनलाई सेजन अवार्ड

काठमाडौं (पहिचान) मंसिर १६ – नागरिक दैनिकका संवाददाता रुद्र खड्का र क्यापिटल नेपालका सुवास योञ्जनले यस वर्षको सेजन अवार्ड प्राप्‍त गरेका छन्। नपाल आर्थिक पत्रकार समाज (सेजन) वर्षेनी दिदै आएको ५०/५० हजार रुपैयाँको सेजन अवार्ड २ पत्रकारले पाएका छन् ।

खड्काको सिक्टा सिंचाइ आयोजनामा ठेकेदारले लापरवाही गर्दा भएको क्षतिको समाचारलाई अवार्ड प्रदान गरिएको हो। त्यस्तै योञ्जनको हवाइ फेक रेस्क्युका विषयमा लेखिएको समाचारले अवार्ड पाएको हो।

त्यस्तै सेजनले कारोबार दैनिकका भगवान खनलालाई स्व। पत्रकार संजय न्यौपानेको नाममा स्थापित सञ्जय न्यौपाने अनुसन्धान कोषबाट अनुसन्धानको लागि ८५ हजार रुपैयाँ दिएको छ। उनले नगरपालिकाको वित्तीय व्यवस्थापनको विषयमा अनुसन्धान गरिने उल्लेख गरिएको छ। त्यस्तै हाइड्रो सोलुसनले उपलब्ध गराएको २५ हजार रुपैयाँको हाइड्रो फेलोसिप विजमाण्डु डटकमका अरुण सापकोट र अमर बडाललाई उपलब्ध गराएको छ।

यस्तै सेजनले आर्थिक पत्रकारितामा लामो समयदेखि योगदान पुर्याउने चार जना पत्रकारलाई सम्मान गरेको छ । सम्मान पाउनेमा मदन लम्साल, हृदय गौतम, प्रशान्त अर्याल र कुबेर चालिसे छन् । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पुरस्कार वितरण र सम्मान गरेका थिए ।