संसदीय मामिला पत्रकार समाजमा नयाँ नेतृत्व

काठमाडौं (पहिचान) पुस २ – गोरखापत्र दैनिकका समाचारदाता नारायण काफ्लेको अध्यक्षतामा संसदीय मामिला पत्रकार समाजको १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

समाजको आज भएको अधिवेशनबाट सञ्जीव बगाले र कृष्णा पौडेल उपाध्यक्ष, महासचिव अशोक दाहाल, सचिव विष्णु खड्का र कोषाध्यक्षमा दीर्घपाणि (डिपी) उपाध्याय चयन भएका छन् ।

सदस्यमा अक्कल कुँवर, बिपी साह, सिर्जना घिमिरे, खगेन्द्र भण्डारी वासु खड्का, जयसिंह महरा र सोभिता रिसाल निर्वाचित भएका छन् । दुई वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा उपाध्यक्ष बगाले, महासचिव दाहाल र कोषाध्यक्ष उपाध्याय निर्विरोध भएका हुन ।
अधिबेशनको सभामुख कृष्णबहादुर महराले उद्घाटन गरेका थिए ।