भारतमा तेस्रोलिंगी अप्सरा रेडी पार्टीको उच्च तहमा

काठमाडौ (पहिचान) पुस २५ – भारतको प्रमुख विपक्षी दल इन्डियन नेसनल कङग्रेसले आफ्नो महिला संगठनको राष्ट्रिय सचिवमा तेस्रोलिंगी अप्सरा रेडीलाई नियुक्त गरेको छ । उनी तेस्रोलिंगी कार्यकर्ता र पत्रकार समेत हुन् ।

भारतमा पार्टीको माथिल्लो तहमा तेस्रोलिंगी नियुक्त भएको यो पहिलोपटक हो । उनी भारतको पहिलो तेस्रोलिंगी सम्पादक समेत हुन् र उनले विभिन्न मिडिया हाउसहरुमा काम गरिसकेकी छन् ।

यस अगाडी पार्टीमा औपचारिक रुपमा नै माथिल्लो तहमा कोही पनि नियुक्त भएका छैनन् । पार्टीले यसलाई समावेशीकरणको नमुना भनेर व्याख्या गरेको छ ।