भ्यालेन्टाइन डे को दिन जापानका समलिंगीले सरकारविरुद्ध मुद्धा दायर गर्ने

काठमाडौ (पहिचान) फागुन १ – जापानका चिजुका ओए र योको ओगव विगत २५ वर्षदेखि समलिंगी सम्वन्धमा रहेका छन् । तर जव उनीहरुले टोकियो टाउन हलमा विवाहको लागि निवेदन दिए उनीहरुले थाहा पाए कि सो निवेदन अस्वीकार भएको छ । ‘हामी दुवै महिला भएका कारण हाम्रो विवाह दर्ता नहुने हामीलाई वताइयो,’ ओगवले भने ।

तर, उनीहरुमध्ये धेरै विपरीतलिंगी जोडीले विना कुनै समस्या विवाह दर्ता गराए । यो जोडी अव आफ्नो अधिकारको लागि केही गर्ने तयारीमा रहेको छ । अन्य १२ जोडीसँग मिलेर भ्यालेन्टाइनकोे दिन समलिंगी विवाहलाई मान्यता दिन माग गदै अदालतमा मुद्धा दायर गर्ने तयारीमा सो जोडी रहेको छ । पाँच लेसवियन र आठ गे जोडीले देशभर विपरितलिंगीलाई दिएको अधिकार आफूलाई नदिइएको भन्दै १० लाख जापानी ऐन क्षतिपूर्तीको माग गदै मुद्धा दायर गर्ने तयारी गरिरहेका छन् । उनीहरुले भोली कार्यालय समय शुरु भए लगत्तै मुद्धा दायर गर्न कानुनी परामर्श गरिरहेका छन् ।

जापानको संविधान दुवै लिंगीको पारस्परिक सहमतिमा हुने भनी उल्लेख गरेको छ र सरकारले यही प्रावधानलाई देखाएर संविधानले समलिंगी विवाहको परिकल्पना नगरेको दावी गरिरहेको छ । तर, कानुनविदहरुले समलिंगी विवाहलाई नियन्त्रण गर्ने कुनै प्रावधान नभएको दावी गरिरहेका छन् । कानुनविदले भने संविधान अनुसार सरकारले समलिंगी विवाहसम्वन्धी कानुन नवनाएर संविधानको उल्लंघन गरेको वताईरहेका छन् ।