अरु महिला सरह हाम्रो उपस्थिति खोइ ?

काठमाडौं (पहिचान) फागुन २४ – संस्था दर्ता ऐन २०३४ अनुसार नेपालमा ४६ हजार भन्दा धेरै एनजिओ आइएनजिओ संस्थाहरु छन । सबैको आ—आफनो क्षेत्रहरु छन् । सबै संस्थाहरुले कुनै न कुनै मुद्धाहरुमा आवाज उठाइनै रहनु भएको छ ।

हामी लामो समय देखि यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको हक अधिकारको लडाईमा छौ । सोहि क्रममा यस मितिनि नेपालले पनि एलबिटिआई समुदायहरुको लागि आवाज उठाउदै आएको कुरा अवगत नै छ ।

कानूनमा धेरै कुराहरु प्राप्त गरेका छौ तर कानूनमा मात्रै सिमित रहेको छ । हामी अझै निरन्तर पहिचानको लडाईमा छौ । हामीले मागेको अधिकार ईच्छाए अनुसारको पहिचान र पहिचान अनुसारको जीवनयापन हो, तर एउटा मानिसले पाउनु पर्ने मौलिक हक पनि पाएका छैनौ

हामीले यो समुदायको लागि बोलि रहदा कता कता यो समुदाय भित्रका महिलाको आवाज कम भएको हो कि जस्तो महसुस हुदैछ । हामी यो समुदाय भित्रका महिलाका पनि आफ्नै पिडाहरु छन । समाजले यो समुदायलाई हेर्ने दृष्टिकोण अझै नकारात्मक रहेको भनिरहनु पर्दैन ।

यो समुदाय भित्रका महिला अझै पछाडि छन । हरेक संघसस्थाहरुले बिभिन्न समुदायका महिलाको आवाज उठाउछन तर एलबिटिआई समुदाय भित्र पनि महिलाहरु छन । उनीहरुको आवाज खोइ हरेक ठाउँमा उठेको ? उनीहरुको उपस्थिति खोइ ? अरु महिला सरह हरेक समुदायमा हाम्रो उपस्थिति खोइ ?

यो समुदायका व्यक्ति हरेक समुदायमा रहेकाले उनीहरुको मुद्धामा हरेक समुदायका महिलाले हातेमालो गर्नु पर्छ । हामीले बिभिन्न महिला आन्दोलनमा सहभागिता जनाउदै आएका छौ । आशा छ भोलिका दिनहरुमा हाम्रो मुद्धामा यहाहरुको पनि राम्रो उपस्थिति रहने छ ।

यौन अभिमुखिकरण फरक भएकै कारण ती महिला जो आफूलाई एलबिटिक्यूआई पहिचानबाट आफूलाई चिनाउँछन् उनीहरुको अधिकार राज्यले सम्बोधन किन नगर्ने ? यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई समाजले हेर्ने र व्यवहार गर्ने तरिकामा कहिले फरक आउने ? यस महिला दिवसमा हामीले यी कुराहरुलाई पनि उठाउन र मनन् गर्न जरुरी छ ।

  • लेखिका मितिनी नेपालकी कार्यकारी निर्देशक हुन ।