निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ग्लोबल आइएमई बैङ्कद्वारा “नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग” स्थापना, विदेशमा रहेका नेपालीलाई एकद्वार प्रणालीमार्फत पूर्ण बैङ्किङ सेवा प्रदान हुने

ग्लोबल आइएमई बैङ्कद्वारा “नन् रेसिडेन्ट र ओभरसिज बैङ्किङ विभाग” स्थापना, विदेशमा रहेका नेपालीलाई एकद्वार प्रणालीमार्फत पूर्ण बैङ्किङ सेवा प्रदान हुने

79
SHARES

काठमाडौँ – ग्लोबल आइएमई बैङ्क लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीका लागि डेडिकेटेड र पूर्ण बैङ्किङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैङ्किङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ।

बिहीबार बैङ्कमा आयोजित एक विशेष कार्यक्रमबिच बैङ्कका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरे।

नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत बैङ्कले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका आफ्ना ग्राहकहरूलाई विशेष ग्राहयताका साथ एकद्वार प्रणालीमार्फत सेवा प्रदान गर्नेछ।

बैङ्कको यस विभागबाट विदेशमा रहेका नेपालीलाई सम्पूर्ण बैङ्किङ सेवाहरू जस्तै बैङ्क खाता खोल्ने, कर्जा प्रदान गर्ने, ट्रान्जेक्सन बैङ्किङ सम्बन्धी सेवाहरू प्रदान गर्ने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका सेवाहरू उपलब्ध गराउने छ।

विदेशमा रहेका नेपालीलाई सेवा उपलब्ध गराउन बैङ्कले ग्राहकहरूलाई ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौँको नक्सालस्थित यस विभागको कार्यालयमार्फत विभिन्न सेवाहरू उपलब्ध गराउने छ।

विभिन्न देशमा रहेका नेपालीको सेवामा सहजीकरणका लागि बैङ्कले सहायता कक्ष स्थापना गरी बैङ्किङ सेवा सञ्चालन गर्नेछ। बैङ्कले भविष्यमा यस सेवा कक्षमार्फत ग्राहकहरूलाई २४ सै घण्टा सेवा प्रदान गर्ने जनाएको छ।

सन् २००७ मा स्थापना भएदेखि ग्लोबल आइएमई बैङ्कले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोराको सेवालाई निरन्तर प्राथमिकता दिँदै बैङ्किङ सेवाहरू प्रदान गर्दै आइरहेको छ।

बैङ्कले विगत दुई दशकमा विश्वव्यापीरुपमा रेमिट्यान्स सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय बैङ्कहरूसँगको सहकार्य सुदृढीकरण, संयुक्त अधिराज्य, अस्ट्रेलिया र भारतमा प्रतिनिधि कार्यालय स्थापना, आप्रवासी–केन्द्रित बैङ्किङ सेवाहरूको विकास तथा विभिन्न १० देशभन्दा बढी देशमा रहेका बैङ्कका कर्मचारीहरू मार्फत बैङ्किङ सेवाहरू प्राथमिकतामा प्रदान गर्दै आएको छ।

विदेशमा रहेका ग्राहकहरूले भौगोलिक दूरी वा भौतिक उपस्थितिको कुनै अवरोध बिना नेपालमा सहज, झन्झटरहित बैङ्किङ सेवा पाउनुपर्छ भन्ने बैङ्कको बुझाइ रहेको छ।

विभागको औपचारिक उद्घाटन गर्दै ग्लोबल आइएमई बैङ्कका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारी तथा अन्य कामको सिलसिलामा विदेशमा बसोबास गर्ने हरेक नेपाली नागरिक नेपालको विकास र प्रगतिका महत्त्वपूर्ण साझेदार रहेको र यस नयाँ विभागबाट बैङ्कले प्रदान गर्ने सेवाबाट विदेशमा बस्ने नेपालीलाई आफ्नो मातृभूमिसँग जोडिन थप सहयोग पुग्ने बताए।

“यस नन्–रेसिडेन्ट तथा ओभरसिज बैङ्किङ विभागमार्फत ग्लोबल आइएमई बैङ्कले विदेशमा रहेका नेपाली नागरिकहरूलाई उहाँहरूको आवश्यकता अनुरूप पूर्ण बैङ्किङ सेवाहरू प्रदान गर्ने छ। यस विभागले विभिन्न सेवामार्फत उहाँहरूको सपना, लगानी र स्वदेशमा रहेका परिवारसँग जोड्न सहयोग पुर्‍याउनेछ। नेपाली जहाँ भए पनि सहज, द्रुत र पारदर्शी रूपमा पूर्ण बैङ्किङ सेवा प्रदान गर्ने यो हाम्रो महत्त्वपूर्ण प्रयास हो,” उनले भने।

यसै अवसरमा ग्लोबल आइएमई बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस विभागबाट प्रदान हुने सेवाले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई नेपालसँग जोडिन थप सहज हुने बताए।

“यस नन् रेसिडेन्ट तथा ओभरसिज बैङ्किङ विभागमार्फत ग्लोबल आइएमई बैङ्कले रेमिट्यान्स सेवाका अतिरिक्त विदेशमा रहेका नेपालीलाई विदेशमा बस्दाकै बखत नेपालमा लगानी गर्न र उनीहरूको आवश्यकता तथा चाहनालाई पुरा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ,” उनले भने।

उनले यस पहलसँगै ग्लोबल आइएमई बैङ्क विदेशमा रहेका नेपाली नागरिकहरूसँग पूर्ण तथा दीर्घकालीन बैङ्किङ सम्बन्ध विस्तार गर्ने नयाँ चरणमा प्रवेश गरेको बताए।

उक्त शुभारम्भ कार्यक्रममा बैङ्कका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।

बैङ्कले आफूलाई अग्रणी रेमिट्यान्स साझेदार मात्र नभई नेपाली डायस्पोराका लागि भरपर्दो बैङ्किङ सेवा प्रदायकका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।

यस विभागको कार्यालय ग्लोबल आइएमई बैङ्कको काठमाडौँको नक्सालस्थित केन्द्रीय कार्यालयमा रहनेछ। साथै, विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले नन् रेसिडेन्ट एण्ड ओभरसिज बैङ्किङ विभाग मा प्रत्यक्ष फोन, इमेल वा ह्वाट्सएप वा भाइवरको माध्यमबाट सम्पर्क गरी बैङ्किङ सेवा लिन सक्नेछन्।

बैङ्कको प्रत्यक्ष टेलिफोन नम्बरहरू ९७७–०१४५४४५१५, ९७७–०१४५३८१०५/०७, इमेल ठेगाना [email protected] र ह्वाट्सएप वा भाइवर नम्बर ९७७–९८५११९९६४० मार्फत ग्राहकहरूले सम्पर्क गरी बैङ्किङ सेवा लिन सक्नेछन्।

ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको बेष्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो। साथै, ग्लोबल आइएमई बैङ्क विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ।

ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखा रहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।

समाचार शेयर गर्नुहोस्
79
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.