Facebook

Facebook

आज संविधान दिवश । के सम्पुर्ण नेपाली नागरीकले संविधानमा उल्लेख गरेका अधिकार पाएका छन त ? हरेक बर्ष यो दिवस आउछ जान्छ ठुलो कुरा भएन तर परिवर्तन र उपलब्धी के ल्याएको छ ? दुखी, गरिब, अशिक्षित, पीड़ित सिमानतकृतहरुको लागी राष्ट्र नायकहरुले के गरेका छन ? संविधान बमोजिमको कानुन किन बन्दैन ? संविधानको अवहेलना गर्नेहरुको लागी के सजाय छ ?
हामी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको लागी संविधानको धारा १८को लैंगिक समानताको बिपरीत किन दिवानी र फौजदारी ऐन आयो ?
सबैले घर परिवार बसाउने, जीवन साथी छान्ने कानुनी अधिकार छ तर हामी कुल जन संख्याको १० प्रतिशत भएका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई यो अधिकारबाट बंचित गरेर गरेको सामुहिक पाप र राष्ट्रिय अन्याय गर्नेहरुलाई किन सँजाय हुन्न ? कती बर्ष सम्म हामीले यस्तै संविधान दिवस मनाउने ?

प्रश्न राष्ट्र र राष्ट्रिय नायकहरुका लागी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading