मिलेमतोमा तथ्याङक…

काठमाडौं/पहिचान – सहयोगी मनहरुकै कारण यहाँसम्म आएको छु । मेहनतकै कारण सहयोग पाएको छु । माग्न जानेको छु । जे कामका लागि मागेको हो त्यो काम गर्छु । मागेको जति त्यति दिदैनन् । तपाई पत्रकारले चलाएको संस्थामै काम गर्नुहोस तर, तपाईले गरेको मेहनतको कदर हुँदैन ।
पत्रकार यस्ता हुन् जो खाएपछि मात्रै बोल्छन् । खाएपछि मात्रै बोल्नु पर्छ । आमाको गर्वबाट निस्कदाँ च्याँ च्याँ गरेपछि दुध चुसाउने परम्परा भुलेको छैन । रोएपछि फकाउन आमाले चुसाउने दुधको बयान त माइकलाल कसैले गर्न सक्दैन । माइकलाल नै आएर गरे पनि त्यो बयान अपुरो नै रहन्छ ।
आमा नै संसार देखाउने हुन् । आमाले नै संसार देखाउछिन । तर, केही निर्दयी आमाहरु पनि हुँदा रैछन् जो अनाथलयमा भेटिदाँ रैछन् । तिनै मध्येकी एक आमा नमोबुद्ध नगरपालिकाकी रैछिन् ।
गाउ, गाउँपालिका हुँदै नगरपालिका भएको ठाउँ नमोबुद्धले मात्रै परिचित छैन । परको दाप्चा, डराउने पोखरी तनुहँको बन्दिपुर भन्दा कमका छैनन् । मथुरापाटी पारीको श्यामपाटी श्यामपाटी भन्दा पारीको लड्केश्वर पारी खड्केश्वर पारी धनेश्वर ठ्याक्कै देखिने चण्डेश्वरी । परापुर्व कालदेखि नाम लिइरहने चिनारी हुन् ।
मथुरेश्वरबाट वारी, दायाँ बायाँबाट देखिने प्रशस्तै नाम लिने ठाउँ नभएका होइनन् । त्यस्तै नाम लिएकै मथुरेश्वर पुगेर ओरालो झरेका नेपालका सुनिल बाबु पन्त महिला र पुरुष मात्रै लैंगिक पहिचान हुँदैन भन्ने पहिलो व्यक्ति हुन् । पन्तले नेपालमा महिला र पुरुष भन्दा फरक लैंगिक पहिचान भएका व्यक्ति हुन्छन भनेर संस्थागत अभियान चलाए ।
पन्तसँगै संस्थाको नाममा धेरै जोडिएकाहरु अहिले धेरै नेपालमा छन् । पन्त नभएपनि संस्थासंग जोडिएकाहरु तोडिएका छैनन् । पन्त अहिले संस्थागत रुपमा कुनै हैसियतमा देखिएका छैनन् । त्यति मात्रै होइन, सुनिलबाबुले परिचित उनी सन् २०१३ देखि नेपालमै छैनन् ।
उनी नभएपनि उनले गरेका राम्रा नराम्रा कामको चर्चा भने भइरहेको छ । उनको नाम नलिने सायदै होलान् । तर पनि भन्नुपर्छ उनी नेपालमा छैनन् ।
उनले नै तेस्रोलिंगीको पहिचानका लागि सर्वोच्च अदालत गुहारे । सर्वोच्चले आदेश दिएको ५ बर्षपछि गृह मन्त्रालयले जारी गरेको परिपत्र बोकेर पत्रकार समक्ष पुगे । त्यसपछि समुदाय नै जागिरे मनस्थितिमा पुगेको देखेपछि हो यो के हो ? उनी छाया बने । उनले सुदीपबहादुर सिंह र मोनिका झालाई आफ्नै पदमा विराजमान गराए । उनै मोनिका झा पन्तको एप्पलको ल्याप टप प्रहरी परिसर जावालाखेलमा बुझाउन बाध्य भइन । उनीहरु टिक्न सकेनन् या टिकाइएन । त्यो उनीहरुलाई सोध्न पाएको छैन ।
जहाँ गएपनि जहाँ भएपनि र जहाँ रहेपनि नेपाल भने विर्सेका छैनन् । नेपालको माया चारवटा नोट बुक जस्ता पानामा कलम चलाएर ढुवुल्कीन्छु भनेर खोज तलास भइरहेकी दुर्गालाई किन भयो ? किन अमेरिका जादिन भनेर उनले भन्न सकिनन् ? दुर्गाको चार पानाले लैंगिकता अनुसार गर्ने व्यवहार देखाउँछ ।
अहिले बुझ्ने लेख्दैन । नबुझ्ने लेख्छ । गाली खाने त पत्रकार नै हो नि । लेखेको सबैलाई देखाउछ । बिद्यार्थी जस्तो पनि ठान्दैन । आफूलाई मै पाई गर्छ । थर्काएर फसाउन खोज्छ । बालकलाई बन्दूक भिराउने क्या । बाल सैन्य बनाउने मालिक भए, आफू पूर्व बाल सैनिक ।
कुरोमा कुरो चल्दा निर्मला पन्त अब किशोरी भइन भन्ने लेखियो । होइन उनी त बालिका नै हुन् । मर्दा बालिका थिइन, अहिले किशोरी भइन भन्ने हासी मजाक जस्तो होइन नि । उनले न्याय पाउनु पर्दैन र ? मरेपछि पनि उमेर जन्मदेखिकै गणना हुन्छ र ? के मरेको मान्छेले जन्मदिन मनाउँछ र ? यस्ता धेरै प्रश्न गर्ने दिन आज भोली एक बर्ष पुग्दैछ । सायद एनजिओ आइएनजिओहरुले बार्षिकी भनेर सडकमा जुसुल निकाले भने धेरै पत्रकारका आँखा त्यतैतिर सोझिन्छन होला ।
तर, सुनिलबाबु धेरै पत्रकारका आखा सोझिने होइन रैछन् क्यार । उनलाई निकाला गराउने मध्येका एक हौं भन्नेहरु अमेरिका पुगेका छन् । पत्रकारिताकै नामबाट उनी अमेरिका पलायन भएका छन् । खोइ कति दुख छ रे ? हिउँ परिरहने ठाउँमा पुगे रे । त्यो ठाउँमा पुर्याउने पनि सुनिलबाबु नै हुन् । अमेरिकामै रहेका उनले नेपालमा तेस्रोलिंगी लैंगिक पहिचानमा पहिलो नागरिकता लिएका थिए ।
उनी अमेरिका पुग्नुअघि नै पन्तको विरुद्धमा कुरा हुन थालेको रहेछ । तर, नर्वेजियन दूतावासको सहयोगमा सुरु भएको पहिचान रेडियो कार्यक्रम संचालनको तीन दिनमै असन्तुष्टी भेटेको ठाउँ पन्तकै कार्यालय थियो । नेपालमा प्रायले लाजिम्पाटको त्यो कार्यालयलाई तेस्रोलिंगीको अड्डा भनेर चिन्छन् ।
सायद उनी यसलाई तेस्रोलिंगीको कार्यालय मात्रै भनेर चिनाउन चाहदैनथे कि । सोध्न त पाएको छैन । तर अनुमान लगाउने पत्रकार मलाई बन्नु छैन । उनीबाट पाएको उत्तर पस्कनु नै पहिचान अनलाइनको कर्तव्य हो ।
कुनै पनि बिषयमा पछि लागेपछि त्यो बिषयमा पोख्त नभएसम्म प्रश्न गरिरहने काम विद्यार्थीको हो । अहिलेको विद्यार्थी पत्रकार हुन सक्दैन र ? जस्तै युट्युव च्यानल । पैसाका पछि दौडिरहने । जति भएपनि पुग्दैन ।
छक्का हिजडा नभनेका हुन् र, के भो त ? कालेलाई काले भन्दा रिस उठ्छ भनेजस्तो घमण्ड प्रस्तुत गर्नु भएन । समग्र समुदायको लागि बोल्नुपर्छ भन्दा म त त्यो होइन म त यो हो नि । त्यसको कुरा त्यो आफै बोलोस । म किन बोल्ने भन्ने हैसियत कसले बनाइदियो कुन्नी ? यो पनि पालै पालो सोध्न बाँकी नै छ ।
नेपालमा अन्य उल्लेख भएको नागरिकता लिने १५ सय पुगेछन् । यो पन्तलाई उत्साह जाग्ने कुरा होला भनेर अंग्रेजीमा एउटा शब्द थपियो तर, नेपालीमा ५० भन्दा बढी शब्द छिनियो । अंग्रेजीमा छोटकरीमा लेखेपनि हुन्छ कि क्या हो ?
यो प्रश्न कसलाई गर्ने भेटेको छैन ।
अन्य लैंगिक पहिचान भएकाहरुको तथ्याङक खोज्दै जादाँ ४ हजार भन्दा धेरै भेटिएन । तर, उनीहरु ५ लाखको संख्या भन्दा धेरै ९ लाख छौ । कुल जनसंख्याको ८ देखि १० प्रतिशतसम्म हामी जस्ता व्यक्ति हुन्छन भनेर घोकाइरहेका छन् । के बास्तवमा त्यो संख्या प्रमाणित हो त ? त्यही कुरा नेपाली मिडियाले लेखिरहेको छ । तथ्याङक दिने निकाय गैर सरकारी संस्था नै हो जस्तरी ।
बास्तविकता के हो ? खोज्ने अहिले कम हुँदै गएका छन् । शासन गर्नेहरु मै हुँ भनिरहेका छन् । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले २०७६ साउन ८ गतेको प्रतिनिधिसभामा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बोल्दा जे सुनियो खास देशको शासन व्यवस्था त्यस्तै हो ? उनलाई पनि यो प्रश्न गरेको छैन ।
नेपालमा तथ्याङक विभागको २०६८ को प्रारम्भिक जनगणना अनुसार थोरै संख्यामा देखिएको भनेर मुल जनगणनामा समावेश नगर्ने नियतमा खोट छैन र ? यो प्रश्नको उत्तर विभागका यि अधिकारी दिनै चाहदैनन् । अबको जनगणनामा तथ्याङक ल्याउन छलफल चलाउने तयारी कहाँ पुग्यो यो पनि सोध्न समय लिएको छैन ।
तथ्याङक विभागले आनाकानी गरेपनि गृह मन्त्रालयले नेपालमा अन्य लैंगिक पहिचानको नागरिकता लिनेहरुको संख्या आधा दिनमै उतारिदिएको छ । गृहको सूचना प्रविधि शाखाले मागेको एक घण्टामै नेपालमा तेस्रोलिंगी र अन्य पहिचानमा नागरिकता लिनेहरुको एकिकृत तथ्याङक निकालिदियो ।
तर, त्यो तथ्याङक लिन मन्त्रालयका सहसचिव एवं प्रवक्ताकोमा नै आउनु पर्यो । गृहको कानून शाखाबाट आइटी, आइटीबाट नागरिकता शाखा हुँदै घुमीफिरी त्यही आइटीशाखाबाट आएको तथ्याङक पनि सही भनेनन् प्रवक्ताले । अहिले मैले भन्दै गर्दा संख्या तलमाथी हुन सक्दैन र ? कन्फ्युज भएर १ सय ७७ भन्नुभाको भनेर सोध्दा हो हो भने तर, १३ सय ठ्याक्कै कति भन्दा लगभग भन्नु न भन्ने उत्तर दिए । आइटी शाखाका कर्मचारीले जुन इमानदारिता देखाए र तथ्याङक प्रवक्ताकोमा लेगेर त्यहाँबाट लिनु भने यो उनीहरुको काम प्रतिको बफादारिता हो या मालिक प्रतिको इमानदारिता के हो ? यो प्रश्न गर्नै बाँकी छ ।
जे भएपनि नेपालमा प्रमाण नै पेश गर्ने गरी झण्डै १५ सय अन्य लैंगिक पहिचान भएका व्यक्ति रहेछन् । यो लैंगिक पहिचान दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सुनिलबाबु पन्त नेपाली हुन् । तर, अहिले उनी नेपाल आउँ जाउँ मात्रै गर्छन ।
(सिंहदरबार पस्दा सूचना विभागले उपलब्ध गराउने सिंहदरवार प्रवेश पासको म्याद सकिएपनि संसद सचिवालयले उपलब्ध गराएको कार्डले भित्र प्रवेश गरिएको थियो । आखिर त्यो कार्डको पनि म्याद असार मसान्तमा सकिएको थियो । सुरक्षा जाचमा रहेकाले हेरेर पठाइदिए । हुइकिएर पुगेको गृह मन्त्रालयको गेटमा सोध खोज भएन । प्रवक्ता व्यस्त, सूचना अधिकारी खाजा खादै । ढोका बाहिर उभिएर कुर्नु भन्दा सूचना प्रविधि शाखामा जाने अनुमति लिएर छिरियो । प्रवक्ताको व्यस्तता र सूचना अधिकारीको खाजा खाने समयलाई त्यही शाखाबाट तथ्याङक खोज्न लगाइयो । उताको पास र यताको कार्ड त्यहाँ केही देखाउन भने परेन । मागेमा आजपनि असार मसान्तमा म्याद सकिएर नविकरण हुन बाँकी रहेको सूचना विभागको प्रेस पास सुरक्षित छ । )

पछिल्लो अपडेट
सिंहदरवार प्रवेश पास नविकरण भएको छ ।