नेपाल प्रहरी अब फेसबुकमा

नेपाल प्रहरी अब फेसबुकमा

657
SHARES

पहिचान/ काठमाडौं, असोज ३०- नेपाल प्रहरीले आपराधिक गतिविधि नियन्त्रण गर्न तथा सर्वसाधारणलाई प्रहरीप्रतिको गुनासोबारे जानकारी दिन लिन सामाजिक सञ्जाल फेसबुक सञ्चालन गरेको छ। सन्ताउन्नौं प्रहरी दिवसमा पारेर नेपाल प्रहरीले आजदेखि फेसबुक सञ्चालन गरेको हो।

नेपाल प्रहरीका गतिविधिहरू, आपराधिक घटनाका खबर, तस्बिर, श्रव्यदृश्य, प्रहरीसँग सम्बन्धित अन्य सूचनाहरूको जानकारी फेसबुकमार्फत सर्वसाधारणमा पुर्‍याउने उद्देश्यले पेज सञ्चालन गरिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार https://www.facebook.com/NepalPolicePHQ सर्वसाधारणले आफ्ना विवरण, गुनासा, सूचना राख्न सक्नेछन्। प्राप्त सूचनाहरू नियमितरूपमा अनुगमन गरी आवश्यक कारबाही तथा कार्यान्वयनका लागि सम्बन्धित प्रहरी इकाइमा जानकारी गराइनेछ। रासस

समाचार शेयर गर्नुहोस्
657
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.