नेकपा-माओवादीमा विवादः अहिलेकै प्रक्रिया वा सशस्त्र संघर्ष ?

नेकपा-माओवादीमा विवादः अहिलेकै प्रक्रिया वा सशस्त्र संघर्ष ?

पहिचान काठमाडौं, कार्तिक २० नेकपा—माओवादीभित्र अहिलेकै प्रक्रियामा अघि बढ्ने वा सशस्त्र संघर्षमा जाने भन्नेमा विवाद देखिएको छ ।

नेकपा—माओवादीभित्र अहिलेकै प्रक्रियामा अघि बढ्ने वा सशस्त्र संघर्षमा जाने भन्नेमा विवाद देखिएको छ । एउटा समूहले तत्कालै सशस्त्र संघर्षमा जानु पर्नेमा जोड दिएको छ भने अर्को समूहले यही प्रक्रियामा अघि बढेर जनविद्रोहमा जानुपर्नेमा जोड दिएको छ ।

सचिव नेतृत्व विक्रम चन्द विप्लव निकट समूहले पार्टी केन्द्रीय समिति बैठक भित्र र बाहिर समेत छलफल गरी अहिलेको प्रक्रियाबाट कुनै उपलब्धि प्राप्त नहुने भन्दै फेरि हतियार उठाउनु पर्नेमा जोड दिएको छ ।

केही सदस्यले चुनाव, संविधानसभा हुँदै जानु पर्ने तर्क गरेका छन् । स्रोतका अनुसार पोलिटब्युरो सदस्य पम्फा भूसाल, हितमान शाक्य र केन्द्रीय सदस्य सूर्य सुवेदीले चुनाव र अन्य दलसँग सहकार्य उपयोग गर्दै जनविद्रोहको तयारी गर्ने धारणा राखेको स्रोतको दाबी छ । तर तत्काल हतियार उठाउन नहुने समूहले आफ्ना माग राख्ने र पूरा नभएको कारण देखाएर विद्रोहमा जान भने सहमत भएको स्रोत बताउँछ ।

‘गोचमेल सम्मेलनलाई रणनीतिक रुपमा प्रयोग गरी र मुद्दा स्थापित गरेर जानुपर्ने यो समूहको तर्क छ’, स्रोतले भन्यो, ‘जनसंविधानका कुरा नछोड्ने र जव विवाद र विरोध सुरु हुन्छ त्यसलाई आफ्नै संयन्त्र खडा गरि मुद्धाहरु अनुमोदन गराउन सुरु हुन्छ ।’

जनसंविधानका लागि आन्दोलन गर्दै जनविद्रोहमा जोड्ने र त्यस्तो बेला लड्नै पर्ने बाध्यता सिर्जना हुने भएकाले फौजी तयारी पनि अगाडी बढाउने नेकपा माओवादीको तयारी छ ।

‘राजनीतिकसँगै फौजी संरचना पनि तयारी अवस्थामै हुन्छ तर अहिले नै होईन‘, स्रोतले भन्यो, ‘आवश्यक पर्ने वित्तिकै फौजी संरचना कार्यान्वयनमा ल्याउछौँ ।’

महाधिवेशनमा पेश हुने दस्तावेज तलसम्म पुराउने भन्दै अध्यक्ष मोहन बैद्य किरण, महासचिव रामबहादुर थापा बादलले छलफल पेचिलो बनाउन र कार्यदिशालाई मुर्त बनाउनुपर्ने बताउनुभएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.