राजतन्त्र फर्किने पूर्वराजा शाहको उदघोष

राजतन्त्र फर्किने पूर्वराजा शाहको उदघोष

पहिचान/ नवलपरासी, कार्तिक २१ – दलहरु आरोप प्रत्यारोप र विवादमा फसिरहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाहले राजतन्त्र फर्किने दावी गरेका छन् । नवलपरासीको हरपुर गाविसको गोपालपुरमा शिव गोरक्ष कालिका महायज्ञ एवं अचल मुर्ति प्राण प्रतिष्ठा कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रले धर्म संस्कृति र धार्मिक पूजा पाठले राजतन्त्र फर्किने र निरन्तर रहने दावी गरे ।

नेपाल राज्य निर्माणमा शाहवंशीय राजाहरुको योगदान भूलेको गुनासो गर्दै पूर्व राजा ज्ञानेन्द्रले गोरखनाथ बाबालाई जगाएर राष्ट्र निर्माणमा लागेर नेतृत्व गर्ने बताए ।

शाहवंशीय राजाहरुले गोरखनाथलाई कुलदेवताका रुपमा पूजा गर्ने गरेका थिए ।

राजनीतिक दलहरु अदूरदर्शी भन्दै सचेत रहन आग्रह गरेका पूर्व राजा ज्ञानेन्द्रले पहिले राजसंस्था राज्य संचालनको केन्द्र रहेकोमा अहिले त्यस्तो कुनै संस्था नरहेको बताए ।

नेताको शैलीमा भाषण गरेका पूर्व राजा ज्ञानेन्द्रले राजनीतिक दलले त्यसलाइ भताभूङ्ग पारेको आरोप लगाए ।

कार्यक्रममा भारतीय जनता पार्टीका सांसद एवं योगी आदित्यनाथले नेपालका शाहवंशिय राजाले मात्र देशलाई अखण्ड र अक्षुण राख्न सक्ने दावी दावी गरे ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.