कुनैपनि हालतमा बजेट ल्याउन नदिने विपक्षी दलको घोषणा

कुनैपनि हालतमा बजेट ल्याउन नदिने विपक्षी दलको घोषणा

पहिचान/ काठमाडौं, कार्तिक २१ – नेपाली काँग्रेस र नेकपा एमालेले सहमति नभएसम्म कुनैपनि हालतमा बजेट ल्याउन नदिने घोषणा गरेका छन् । एमाले मुख्यालय बल्खुमा बसेको दुई दलको बैठकले सहमति बिना सरकारले ल्याउने बजेट रोक्न राष्ट्रपतिलाई आग्रह गर्ने एमाले पोलिटब्युरो सदस्य रघुजी पन्तले जानकारी दिए ।
विपक्षी दलले बिहीबार संयुक्त छलफल गरेर बजेट रोक्न राष्ट्रपतिलाई आग्रह गर्ने र आन्दोलनको स्वरुप घोषणा गर्ने भएका छन् । बिहीबार सबै बिपक्षी दलहरुसँग छलफल गरेर बजेट ल्याउन नदिनेबारे साझा धारणा बनाउने निर्णय भएको काँग्रेस उपसभापति पौडेलले जानकारी दिए ।

ब्रह्मलुट मच्चाउन सरकारले बजेट ल्याउने तयारी गरेको भन्दै पौडेलले बजेट ल्याउन नदिईने बताए । उनले राष्ट्रपतिलाई धम्काईरहेपनि बजेट अध्यादेश राष्ट्रपतिले स्वीकार गर्न नहुने बताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.