‘राष्ट्रपतिले बजेट रोके मुलुकमा भंयकर दुर्घटना’

‘राष्ट्रपतिले बजेट रोके मुलुकमा भंयकर दुर्घटना’

पहिचान/ काठमाडौं, कार्तिक २१-  प्रधानमन्त्री डा. बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार एवं माओवादी नेता देवेन्द्र पौडलले सरकारले ल्याउने बजेट राष्ट्रपतिले रोके मुलुकमा भंयकर दुर्घटना हुने बताएका छन् । रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा पौडेलले प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्ण बजेट राष्ट्रपतिसमक्ष पेश गर्ने जानकारी दिदै राष्ट्रपतिले रोके मुलुकमा भयंकर दुर्घटना हुने चेतावनी दिएका हुन् ।

अहिलेको सरकार हटाएर नयाँ सरकार बनाउने बैधानिक बाटो नभएकोले राष्ट्रपतिले प्रधानमन्त्री हटाउनै नसक्ने ठोकुवा गर्दै पौडेलले प्रधानमन्त्री नरहे राष्ट्रपति पनि नरहने चेतावनी दिए ।

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारले पूर्ण बजेट ल्याउने भन्दै त्यसलाई राष्ट्रपतिले रोके आन्दोलनमा जाने चेतावनी दिए ।

प्रधानमन्त्री भट्टराई कसैको कृपाबाट नभई संसदबाट प्रधानमन्त्री बनेकोले राष्ट्रपतिले कुनै पनि हालतमा प्रधानमन्त्री हटाउन नसक्ने र हटाए राष्ट्रपति पनि नरहने उनले चेतावनी दिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.