पहिचान/ गोरखा, कार्तिक २२ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभाको विघटन काँग्रेस सभापति शुशील कोईरालाले गरेको आरोप लगाउनु भएको छ । त्यतिबेला सरकारमा रहेका काग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानसभाको म्याद थप्न प्रस्ताब गरेपनि त्यसको भोलिपल्टै सभापति कोईरालाले बिरोध गरेकोले कोईरालाले जेठ ९ गते राती नै संविधानसभा भंग गराएको आरोप लगाउनुभयो ।
प्रवेशिका परीक्षा दिए पछि २०२६ सालमा आफूले ३ महिना पढाएको विद्यालय गोरखाको हर्मीमा रहेको महेन्द्रलीला उच्च माध्यमिक विद्यालय नवलपुरको स्वर्ण महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले पुराना पार्टीहरु संविधानसभाबाट संविधान निर्माणको पक्षमा नभएकाले अहिलेको अबस्था आएको दाबी गर्नुभयो ।
प्रधानमन्त्री भट्टराईलाई गोर्खामा एमाले कार्यकर्ताहरुले कालोझण्डा देखाएका थिए ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.