बजेट रोक्न राष्ट्रपतिलाई विपक्षीद्वारा लिखित आग्रह

बजेट रोक्न राष्ट्रपतिलाई विपक्षीद्वारा लिखित आग्रह

पहिचान/ काठमाडौं, कार्तिक २३ – काँग्रेस एमाले लगायतका विपक्षी दलले सरकारले अध्यादेश मार्फत ल्याउने बजेट रोक्न लिखित रुपमा राष्ट्रपतिलाई आग्रह गरेका छन् । वर्तमान सरकारलाई बजेट ल्याउने अधिकार नभएपनि एकलौटी ढंगले बजेट ल्याउन थालेको भन्दै ज्ञापनपत्र बुझाएर उनीहरुले राष्ट्रपतिलाई बजेट रोक्न आग्रह गरेका हुन् ।

अहिले सहमति विपरित बजेट ल्याउनु गलत हुने भएकोले राष्ट्रपतिलाइ रोक्न भनेको एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिए ।

विपक्षी दलको ज्ञापन पत्रमा संविधानको संरक्षक र पालनाकर्ताको हैसियतमा राजनीतिक सहमतीका आधारमा मात्र बजेट ल्याउन सरकारलाई निर्देशन दिन आग्रह गरिएको छ ।

उनीहरुले सरकारका मन्त्रीले नै राष्ट्रपतिले ‘कू’ गर्न थालेको भनेर आरोप लगाएकोले अब चुप लागेर नबस्न सुझाव दिएका छन् ।
शनिबारदेखि सरकार विरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने पनि राष्ट्रपतिलाई मौखिक जानकारी गराएको नेकपा मालेका खगेन्द्र प्रसाइले बताए ।

जवाफमा राष्टपतिले संविधानभन्दा बाहिर गएर कुनै कदम नचाल्ने बताएको बुझिएको छ ।

‘मेरा पनि केही सीमाहरु छन् । संविधान भित्र बसेर काम गर्नु पर्छ’, राष्ट्रपतिको भनाइ उधृत गर्दै प्रसाइँले भने, ‘सहमति खोज्ने जिम्मा तपाईहरुको पनि हो । तपाईहरु पनि जिम्मेवार बन्नुस् ।’

राष्ट्रपतिले विपक्षीका कुरा सुनेपछि यसबारे प्रधानमन्त्रीसँग छलफल गर्ने बताएका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.