पूर्वराजाको सुविधा कटौती गर्ने प्रधानमन्त्रीको चेतावनी

पूर्वराजाको सुविधा कटौती गर्ने प्रधानमन्त्रीको चेतावनी

पहिचान/ काठमाडौं, कार्तिक २३ – प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाह हैसियत भन्दा बाहिर गइरहेको भन्दै सेवा सुविधा कटौती गर्ने चेतावनी दिएका छन् । बिहीबार ललितपुरमा भएको कार्यक्रममा प्रधानमन्त्री भटटराईले पूर्वराजालाई आप्नो दायरामा बस्न सुझाव दिए ।

ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्ति प्रति प्रधानमन्त्रीले आपत्ति जनाए । मंगलबार नवलपरासीमा पूर्वराजाले राजतन्त्र फर्किने दावी गरेका थिए ।

प्रधानमन्त्रीले संविधानसभा तुहाउने तत्वले नै बजेट ल्याउन नदिएको आरोप लगाए । भटटराइले संविधानसभा भंग गर्नेहरुले नै बजेट ल्याउन नदिन अनेकौ चाल रचेको आरोप लगाए ।

‘संघीयताको बिषयलाई थन्क्याएर बिभिन्न बहानामा जेठ १४ मा संबिधानसभा भंग गर्नेहरु नै अहिले बजेट ल्याउन अबरोध गर्न खोज्दैछन’, प्रधानमन्त्री भटटराईले भने, ‘त्यसका लागि सबै सचेत हुनुपर्ने बेला आएको छ ।’

बजेटलाई बन्धक बनाएर राजनीति गर्न नहुने भन्दै प्रधानमन्त्री भटटराईले सहमतिमा आउन सबैसँग आग्रह गरे ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.