पाँच रुपैयाँमा घर

पाँच रुपैयाँमा घर

ठाकुर माधव/ पहिचान । काठमाडौं, मंसिर ९ – नागरिक थिएटर नगएको धेरै भयो । फिल्म हलमा लुट चलचित्र आउनु अघि दर्शकको संख्या धेरै नै कम थियो । नागरिक मनलाई आनन्दित बनाउन अहिले थिएटर र चलचित्र भवन जान छाडेर मन आनन्दित भएको महसुस गर्न मलेसिया, कतार हुईकिइ रहेका छन् । मलेसिया, कतार र दुवईमा रहेका नेपाली नागरिकले नेपालमा कुन फिल्म आयो, कुन नाटक मञ्चन भयो र कुन गीत चर्चित भयो भनेर हेरिरहेका छैनन् ।
उनीहरु अहिले नेपालमा राजनीतिक कौडाको दाउ कसले जित्यो र कसले हार्र्यो भनेर चित्त वुझाइरहेका छन् । तीया, चौका, पञ्जा र छक्का दाउ थापेर बसेका मूख्य राजनीतिक शक्ती यतिवेला आफू अनुकुल कौडा बजारिरहेका छन् । दलका कौडा कहिले कुन दाउमा जान्छ कहिले कुन दाउमा देशभित्रका मात्रै होइन बाहिरका नागरिकले पनि मूख्य राजनीतिक दलको कौडा दाउ हेरेर भरपुर मनोरञ्जन लिइरहेका छन् ।
हलमा फिल्म नचलेका, थिएटरमा नाटक मञ्चन नभएका होइनन् । चल्न त चलेकै छन तर दर्शक मात्रै कम भएका हुन् । दर्शक त यति वेला राजनीतिक दलले तानिरहेका छन् । हिजो हो भन्यो आज होइन भन्यो । आज होइन भन्यो भोली हो भन्यो । नागरिक राजनीतिक दलका यस्तै भनाई सुनेर, हेरेर र पढेर मनोरञ्जन लिइरहेका छन् ।
चार बर्ष सम्म संविधान नवनाउने आरोप खाइरहेका, आफ्नै कार्यकर्ताको चड्कन खाएका राजनीतिक दलका नेताहरु एकमुख भएर नागरिकलाई सन्तुष्टी दिन लाग्नु पर्ने हो । यही देशमा रोजगारी पाउने वातावरण बनाउन, आफ्नो निजी स्वार्थ भन्दा राष्ट्रका लागि केही गर्छु भन्नुपर्नेमा नागरिकलाई राजनीतिबाट निराश बनाउने काममा दलहरु लागिरहेको अव प्रष्ट हुन थालेको छ ।
राष्ट्रपति डाक्टर रामवरण यादव र प्रधानमन्त्री डाक्टर वावुराम भट्टराईको सल्लाहमा आएको मंसिर ८ गतेको विज्ञप्तीको भाषाकोबारेमा फेरी विवाद भयो । आफू अनुकुल शव्द नपरेपछि विवाद गर्नु दलहरुका लागि कौडाको दाउ अन्तै जाला भन्नेमा होइन, दाउ अर्कोमा सर्ने भनेर कोकोहोलो गरिरहेका छन् । यो सत्ता कसैको विर्ता होइन, कौडाको दाउ पनि होइन महाभारतमा कौरव र पाण्डवको खेल त होइन नि राजनीति ? बोलेको कुरा ठेगान नहुने नेताकाबारेमा टिप्पणी लेख्नेलाई पनि च्याखे राख्ने हुन यिनिहरु नभन्लान भनेर भन्न सकिदैन । त्यसैले अव देशका लागि गर्ने नेताको खोजी गर्नु जरुरी छ । नत्र सधै घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर….. अव राजीनामा पनि होइन बकस पत्र पनि होइन दान गर्दिनोस भन्ने दिन नआउँला भन्न सकिन्न । वेलैमा चेतना भए । नत्र भूत मञ्छाउने नाममा आफै मञ्छिने दिन नआउँला भन्ने भन्न सकिन्न ।
५ रुपैयाँमा घर भन्ने मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको टेलिचलचित्रमा जस्तै घर पाउने लोभमा चिठ्ठा काट्ने घर एउटालाई पर्ने अर्को घर पाउन भूत बनेर नाटक गर्ने अन्तिममा घर रिङ रोडमा परेर डोजर लगाएर भत्काउने पनि हुन नसक्ला कसरी भन्ने ? बोलेको जे हो त्यसमा अडिग भएर व्यक्तीगत होइन राष्ट्रको स्वार्थका लागि समर्पित हुनुहोस । आफ्नो मात्रै होइन सबैको पहिचान समान हो भनेर काम गर्नुहोस् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.