मेरो कथा ३ ….रोजगारदाता र श्रमिकबीचको दूरी

मेरो कथा ३ ….रोजगारदाता र श्रमिकबीचको दूरी

  • सोमबार, मंसिर ११ २०६९

काम लगाउने मान्छे सधै आफूलाई मालिक नै ठान्ने गर्दछ । उ ठेकेदारनै किन नहोस, आफूलाई मालिकनै भनेर उ सधै आफ्नो हुर्मत देखाउन पछि पर्दैन । तर ठेकेदारकोमा काम गरेर टे«ड युनियनमा लागेका श्रमिक धेरै छन् । तिनै मध्येकी एक हुनुहुन्छ भगवती केसी । भगवती केसीले आज भन्दा आठ बर्ष अगाडि गोकर्ण गल्फ रिसोर्टमा काम गर्न थाल्नु भएको हो । गोकर्ण रिसोर्टमा प्रवेशका लागि पनि धेरै सघर्ष चाहिन्छ । घर नजिकैको काम पाउनु भगवतीका लागि केहीलाई लाग्ने जस्तो पुर्पुरोमा लेखेर आएको हो कि भनेर भन्ने अवस्था थिएन । भगवतीले शुरुवाती दिन ठेकेदार मार्फत काम गर्नु भयो । ठेकेदार मार्फत काम गर्दै गर्दा उहाँलाई आफ्नो अधिकार के हो त ? के महिले त्यो अधिकार पाएको छु ? मन मनै धेरै प्रश्न उठे । यो प्रश्न उठिरहँदा भगवतीले कोबाट के उत्तर पाउनु भयो त ? अनि भगवती अहिले के गर्दैहुनुहुन्छ । यो सुन्नका लागि कार्यक्रम पहिचानको शनिवार प्रसारण हुने गीती कथा सुन्न नभुल्नुहोला ।
मेरो जन्म २०४१ सालको हो । म सुगम भएर पनि दुर्गममा जन्मेको मान्छे । मेरो परिवारमा म माहिली छोरी । जेठी दिदीको विहे भइसकेको छ । आज भन्दा आठ बर्ष अगाडि महिले गोकर्ण रिसोर्टमा काम गर्न थाले । तर मेरो दुर्भाग्यनै भनौ । जन्मन अधिकार दिने वुवाको देहान्त भयो । वुवाको देहहान्तको चोट, तपाईलाई जति हुन्छ त्यतिनै मलाई पनि नभएको होइन । वुवाको देहान्तको पीडा तोरीको गेडा भन्दा सानो हुन्छ होला मन, महिले पनि आफ्नै मन देखेको त छैन तै पनि अरुबाट सुनेको, आफैको पनि मष्तिष्क चड्काएकाले ठूलो पो हुदो रहेछ भन्ने नलागेको पक्कै होइन् ।
तपाईलाई लाग्ला यो मान्छे रुकुम रोल्पा, हुम्ला जुम्लाकै पो हो कि ? हो म तपाईले सम्झने यि हाम्रो नेपालका सबै जिल्लामा पनि सुगम तर नाम नलिने कुनामा जन्मिएको मान्छे । सधै मेरी आमाको काखमा हुर्केको मान्छे । तपाईले घर परिवार छाडेर सघर्ष गर्नु परेको होला तर महिले मेरै आमाको काखमा बसेर सघर्ष गरिरहेको छु । साच्चै यो कुरामा भने मलाई धेरैनै गर्व लाग्छ । मेरी आमा अहिले सम्म महिले तपाई भनेको छैन । यि वुढी कता गइछन्, कति समय लाइछिन यस्तै यस्तै शव्द मेरा मुखबाट निस्किरहन्छन् । जुन दिन मेरो बास्तविकता बुझ्न आउनेलाई पनि थाहा हुन्छ ।
मेरो आफ्नो वास्तविक कथा धेरै लामो पनि छैन र छोटो पनि छैन । कहा पुगेर टुङ्गयाउछु र कहा पुगेर टुङ्गिएला त्यो पनि थाहा छैन । तर मलाई यति थाहा छ मेरो आफ्नो जिम्मेवारी मेरो आफ्नो अधिकार र मेरो पहिचानको ज्ञात भने म मा ताजै छ ।
त्यो समय जुन समय म पहिलो पाइला कामको सिलसिलामा गोकर्ण रिसोर्टमा टेके । त्यस समय मलाई सबै मान्छे नौला लाग्थे । यि को हुन् ? यि कहाँबाट आएका हुन् ? मलाई के भन्छने होला ? यि प्रश्नले मेरा केही दिन रन्थनिएकै हुन् । अझै पनि नयाँ र पहिलो पटक भेटेको मान्छेसँग कुरा गर्नु पर्र्यो भने यस्तै शव्दहरु एकान्तमा ओकिलिन्छन् ।
शुरुवाती दिन मेरा यसरीनै विते । महिले त्यस बखत धेरै नै सघर्ष भने गरेको थिइन होला सायद तपाईहरुले गर्नु भयो । मलाई ट्रेड युनियन भन्ने थाहा थिएन । म लह लहैमा ट्रेड युनियन के हो भनेर बुझ्न थाले । जव महिले टे«ड युनियन वुझे अनि मलाई संगठित हुन मन लाग्यो । महिले १८ जना म सँगै काम गर्ने साथीहरुको नाम सहित संगठित हुन टे«ड युनियन खोल्ने जमर्को गरेर १८ जना म सरहनै हुन महिले जतिकै अधिकार पाउनु पर्छ भनेर संगठित गराए । यसमध्ये ३ जनाले हस्ताक्षर गर्न मानेनन् । म सहित १५ जना संगठित भएर छाड्यौ ।
संगठनमा लागेपछि काम गर्नु पर्दैन भन्ने मलाई कसैले सिकाएका थिएनन् र छैनन् पनि । म संगठनमा आवद्ध भए पनि महिले संगठनमा दिलो ज्यान दिएको थिइन र छैन । किनकी संगठन आफ्नो मनको सन्तुष्टी, आफ्नो अधिकार हनन गर्नेका लागि औला ठड्याउन सक्ने गोरेटो बाटो मात्रै हो । संगठनमा आवद्ध भएको थाहा पाएपछि १४ जनालाई ठेकेदारले कामबाट निकाले बाँकी रहे म एक्लो । त्यसवेला मलाई एक जना ट्रेड युनियनका नेताले सल्लाह दिए कि तपाई एक्लो पर्नुभयो । ठेकेदारले तपाईलाइृ निष्कासन गर्न नसके पनि तपाईलाई झुकाउन खोजेकै हो भने । उहाँले भन्नु भन्दा अगाडिनै मलाई लागेको थियो कि मलाई ति ठेकेदारले झुकाउन खोजेका हुन् भनेर । म डगमगाइन मेरो आफ्नो टे«ड युनियन अधिकारबाट । महिले जिम्मेवारीको काम सकेर भएपनि ति निष्कासनमा परेका साथीहरुको पुर्नवहालीको सघर्षमा होमिए ।
पत्तो नपाई यो अभियानमा होमिदाँ महिले काममा कुनै बाधा नपुर्याएर होला म टे«ड युनियनमा आवद्ध भएको रहेछ भनेर व्यवस्थापन पक्षले एक बर्ष पछि मात्रै थाहा पायो । बाँकी अर्को दिन…..

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading