पहिचान/काठमाडौ, ७ पौष – नील हिरा समाजबाट वाहिरिएर अर्को संस्था स्थापना गरेका जमिन शाह, विनोद लामा, (एउटै व्यक्तीका पाँच वटा नाम) पुनम रोक्का र बद्री पुनले रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा साच्चै समलिङ्गी तेश्रोलिङ्गीको अधिकार प्राप्तीको कुरा सुनिन्छ भनेर आशा लिएर समलिङ्गी तेश्रोलिङ्गी पनि त्यहाँ पुगेका थिए ।
भ्रष्टाचार र यौनदुराचारकाबारे भनेर निमण्त्रणा गरिएको पत्रकार सम्मेलनमा जमिन राना जसका पाँचवटा छद्मवेशी नाम छन् उनले तेश्रोलिङ्गीनै हुँदेन भने । समलिङ्गीहरुको संस्थाको नाम भएको मितिनि नामक संस्थाको तर्फबाट भन्दै उनले यस्तो शव्द प्रयोग गर्ने वित्तिकै पत्रकार सम्मेलनमा उपस्थित भएका तेश्रोलिङ्गी आक्रोशित भए । उनीहरुले मञ्चमा बसेकाहरुलाई प्रश्न गरे के तेश्रोलिङ्गी हुँदैन भनेर गर्न खोजेको के हो ? के हामी घर परिवारबाट निकालिएका, राज्यले पहिचान दिन नसकेकालाई समलिङ्गी तेश्रोलिङ्गीका लागि काम गर्छु भनेर के गर्न खोजेको भनेपछि दुवै पक्षबीच भनाभन भयो । त्यो भनाभनलाई मितिनि नेपालले अतिरञ्जित गरायो । उसलेनै प्रहरी प्रशासन वोलायो र पत्रकार सम्मेलनमा रहेका मितिनि नेपालका पदाधिकारीलाई प्रश्न गर्ने सबै समलिङ्गी तेश्रोलिङ्गीलाई बाहिर निकाल्यो ।
उनीहरु बाहिर आएर पनि वोल्न पाउने मौलिक अधिकार माग गरिरहे । तर उनीहरुको कुरा सुनुवाई भएन । जमिन राना, पुनम रोक्का र बद्री पुनलाई असुरक्षित भएको भनेर सुरक्षा दिइयो । सुरक्षा घेरामा शाही शासनमा जस्तै बहुसंख्यकलाई बाहिर निकालेर उनीहरुको कुरा मात्र एकोहोरो सुन्न बाध्य बनाइयो । उनीहरुले जसलाई अनावश्यक आरोप लगाएर व्यक्तीगत चरित्र हत्या गर्न गएका थिए त्यो सुरक्षा निकायले घेराबन्दीमा पारेर भनाउन दियो ।
रिपोर्टस क्लव बाहिर रहेका समलिङ्गी तेश्रोलिङ्गीलाई पत्रकारहरुले उनीहरुको प्रतिक्रिया लिए । उनीहरुले ती प्रश्नको जवाफ दिए । प्रमाण विनाको आरोपलाई आरोप मात्रै भन्न सकिन्छ । नील हिरा समाजको रिपोर्टस क्लवमा वितरण गरिएको यो विज्ञप्तीको क्लवले एक शव्द पनि उल्लेख नगरी उनीहरुको भनाईलाई मात्रै आधार मानेर समाचार सम्पूर्ण संचारमाध्यममा पठाएकोमा नील हिरा समाजले दुख व्यक्त गरेको छ ।
जवरजस्ती तेश्रोलिङ्गीको नागरिकता लिन बाध्य बनाएको भन्ने बद्री पुन आफै लेखेको यो कथा पनि पढ्नुहोस् ।
मेरो ११ दिन अनि तेस्रो लिङ्गी नागरिकता
मिति २०६७।१२।२१ गतेका दिन म कार्यरत कार्यालय ( निलहिरा समाज) केन्द्रिय कार्यालय काठमाण्डौमा सधैको प्रकृया अनुसार स्टाफ मिटिङ्ग बसेपछि अचानक मैले निर्णय गरे ! अब जिल्ला तिर हानिन प–यो नागरीकताको लागी कस्तो के हुन्छ भनेर । त्यस पछि म ठकठक गर्दै तेस्रो तल्लामा रहेकोु हाम्रा निर्देशक तथा संविधान सभाका सभासद आदरणिय सुनिल बाबु पन्तको कार्यकक्षमा पुगे र भने सर म जिल्ला जानुप–यो ३ दिनमा फर्किन्छु भन्दै बिदा मागे ।(मेरो अन्तरिक विचार थियो नागरिकता लिने) सरले कुनै प्रतिकृया नजनाई हुन्छ भन्नु भयो । मेरो बिचारमा यदी सरले कुनै किसिमको रोक्ने खालको कुरा गर्नुभएको खण्डमा यथार्थ कुरा खोल्छु भन्ने सोचेको थिए । ठिकै भयो सरले जानु भन्ने आदेश दिए पछि म फेरी ठकठक गर्दै तलको वकिलहरुको कार्यकक्षमा परामर्शको लागी आए । त्यहा नागरिकताको लागि छलफल गरी वकिल सरले लेखिदिएको निवेदनको ३ , ४ वटा फोटोेकपी गरी करीब ५ दिनको जती खर्च जोहो गरी चैत्र २२ गते मंगलबारको दिन म्याग्दी हानिए । बेनीको एउटा होटलमा रु २००। तिर्ने गरी बास बसे । बेलुकीको खाना खाए पछि सुते ।
भोलिपल्ट बिहान १० बजे म मेरो गा. वि. स. को कार्यालयमा गए । त्याहा पुगे पछि सधै भेटिरहने १ जना कार्यालय सहायक लाई भेटे उहाँले मलाई ओ‘हो नमस्ते के छ ? लामो समय पछि आउनु भयो । तँपाई जस्तो टाठाबाठा व्यक्तिहरु जिल्ला बाहिर बसेर यहाँ¬को विकास कसले गने ? भन्दै ल म अब के सेवा गरौं ? भन्नुभयो र मैले म आउनुको कारण बताएँ । मैले बताएँको कुराले उहाँ एकछिन अलमल पर्नुभयो र भन्नुभयो सचिव ज्यू हुनुहुन्न । (उहाँ त सुत्केरी पो हुनुहुँदो रहेछ ।)े म अन्योलमा परें । फेरि भोलिपल्ट केहि उपाय भेटिन्छ कि भनेर गएँ । हिजो राखेको कुराले सहायकले झनै वास्ता गर्नु भएन र म विभिन्न राजनीतिक कर्मी, विज्ञ व्यक्ति, साथीहरु र पत्रकारहरुसँग भेटघाट गर्नमा तल्लीन भएँ । शुक्रबारको दिन आयो र म फेरि गा.वि.स.को कार्यालय गएँ, त्यहाँ त भोटे ताल्चा पो मारेको रहेछ । दिक्क लाग्यो र फर्किन लाग्दा बाटोमा मान्छेहरुको लामो लाम देखें र के रैछ भनी त्यो ठाउँमा गएँ । त्यो ठाउँ त दूरसञ्चारको कार्यालय रहेछ जहाँ रु.२०० मा ल्। त्।ऋ। को सिम बाँडिदै रहेछ ं ेर मैले पनि सिम लिने विचार गरें अनि फर्म भरें र ठूलो भीडभाड पन्छाउँदै फर्म बुझाउने ठाउँमा पुगें र फर्म बुझएँ तर फर्म फिर्ता आयोे । (त्यो फर्ममा महिला÷पुरुष भनी लिङ्ग छुट्याइएको थियो ।) ेलिङ्गको ठाउँमा किन टिक नलगाएको भन्दै लगाइ हाल्नोस् भनी फर्म फिर्ता ग–यो, अनि मैले भने किन लगाउने टिक ? उसले फेरि भन्यो किन नलगाउने टिक ? र मैले मेरो टिक लगाउने ठाउँ नै छैन त म कहाँ लगाऊ भन्दै फर्म दिएँ । उसले भन्यो त्यसो भए तपाइले सिम पाउनुहुन्न । यसरी हाम्रो संवाद भैरहँदा ठ्याक्कै ठूलो गाईको बाथान आयो र मैले त्यो गाईको बथानलाई इंगित गर्दै भने ऊ……त्यो पशुले प्रयोग गर्ने हो र ? आखिर मानवले नै त हो नि यो सिम प्रयोग गर्ने । मैले यसो भन्दा लाम लागेका मान्छेका जमात गललललललल…हाँस्दै हो त नि भनेपछि उसले अप्ठ्यारो मान्दै सिम दिने निर्णय ग–यो ।
अप्रिल १० (चैत्र २७, २०६७) आइतबारको दिन पुनः मेरो गा.वि.स.को कार्यालय जाने क्रम शुरु भयो जहाँ सचिवज्यू हाजिर हुनु भएको रहेछ । मैले म आउनुको कारण बताएँ, उहाँ मेरो कुरा सुनेर छक्क पर्नुभयो र उहाँले तेस्रोलिङ्गी भन्ने अहिलेसम्म नसुनेको कुरा बताउनुभयो । अनि मैले हाम्रो समुदाय र सर्वोच्च अदालतको फैसला समेत सम्पूर्ण कुराहरुको जानकारी गराएँ । त्यसपछि उहाँले भन्नुभयो म भर्खर मात्रै सचिव नियुक्ति भएर आएकी छ,ु यो जिल्लामा दुईजना मात्र महिला सचिव छौँ, तपाईको यो इस्युमा म अलि जानकार भइन् भोलि आउनुहोस् भन्नुभयो । फेरि सोमबार ेगा.वि.स.को कार्यालयमा गएँ । हामीले आज अन्य गा.वि.स.को सचिवहरुसँग मिटिङ गरेर मात्र निर्णय दिन्छौँ भोलि आउनुहोस् भनी पन्छाउनुभयो । भोलिपल्टको दिन आउँदा ढोकामा ताला लगाइएको थियो, त्यो दिन रहेछ चैतेदशैंको बिदा । म कस्तो भएँ….कुरै नगरौं । भोलिपल्टको दिन थियो २०६७ को अन्तिम दिन चैत्र ३० र म फेरि सचिवकोमा गएँ, जाँदा ती सचिव र सहायक कुनै प्रतिक्रिया नदिने पक्षमा देखियो, मलाई एकदमै रिस उठ्यो र म आवेगमा आएँ । (त्यो दिनसम्ममा म त्यहाँ गएको नवौं दिन भइसकेको थियो साथमा जम्मा खर्च रु.७०० मात्र थियो ।) अब म यसै भएन उसै भएन यो बेनीमा १५ जना मान्छे ढालेर हिँड्छु भन्दै मुख छाडें । यति भनीसकेपछि अन्य गा.वि.स.का सचिव साथीहरुले यसको कुनै आधार छैन त्यसेले सिफारिस कसरी दिने भन्नुभाको छ भन्दै तिनीहरुले ल त नि हिड्नुस् जिल्ला कार्यालयमा जिल्ला प्रमुख (ऋ।म्।इ) लाई भेट्न जाऊ । हामी ३ जना जि.का.मा गयौँ । त्यहाँ सहायक जि.प्र. श्री भीमप्रसाद तिवारी हुनुहुँदो रहेछ । उहाँसँग मैले आप्ःनो सबै कुरा र सचिवले सिफारिस नदिंदा अनावश्यक धेरै दिन यसरी अलमलिनु परेको कुरा बताएँ । सहायक ऋ।म्।इ।ले त्यहाँ उभिएका सचिवहरुलाई भन्नुभयो उहाहरुको मुद्दा सर्वोच्च अदालतले उहाँहरुको पक्षमा फैसला गरिसकेको छ, संविधानमा पनि लेखिन तयार भैसकेको छ, उहाँलाई पहिचान अनुसारको नागरिकताको लागि सिफारिस दिंदा केही आपत्ति छैन, नडराउनुस् तपाईहरुको जागिर जान्न भनेर भन्नुभयो र हामी ३ जना फर्कियौँ । फर्केर १५—१६ कदम के अगाडि बढेका थियौँ एउटा सुरक्षाकर्मी दौडेर ए.ए.ए… पर्खनुस् भन्दै आयो र भन्यो एकछिन फर्केर आउनुहोस् रे । म खुशी हुँदै आएको पनि फेरि फर्केर गएँ, त्यहाँ जाँदा सहायक जि.प्र.ले तेस्रोलिङ्गी नागरिकताको लागि तपाईलाई मेडिकल हुन्छ भन्यो, म अत्यन्तै अप्ठ्यारोमा परें र भनें विपरीतलिङ्गीहरुलाई मेडिकल नचाहिने मलाई चाँहि किन ? त्यसो भनेपछि उहाँले यदि यसो हो भने तेस्रोलिङ्गी नागरिकताको लागि मैले जिम्मा लिन सक्दिन भोलि नयाँ साल सार्वजनिक बिदा छ पर्सी जिल्ला प्रमुख आउनुहुन्छ उहा“लाई नै भन्नुस् भनी पन्छाउनुभयो । पर्सीपल्ट २०६८ साल वैशाख २ गते पुनः जिल्ला कार्यालय गए“ । जिल्ला प्रमुख राम ब. कुरुंवाङ आइसक्नु भएको रहेछ । म सहायकसँग कुरा गरी रहेको हुनाले म सहायककौ कार्यकक्षमा गएँ । सहायकले प्रमुखज्यू आउनुभएको छ जानु भन्ने ईशारा गर्नुभयो र म त्यसतर्फ लाग्न के मात्र लागेको थिएँ १ जना गोरो, मोटो, हेर्दा मतुवाले अनुहारको ३०÷३५ वर्षको लाग्ने, दुई पिसवाला चश्मा लगाएको म तिर आएको देखेर मलाई लाग्यो त्यो व्यक्ति सुरक्षा निकायको माथिल्लो तहको मान्छे जस्तो लाग्यो र हेरिरहेँ । उहाँ त ऋ।म्।इ। साहेव हुनुहुँदो रहेछ । उहाँ नजिक आउनुभयो र तेस्रोलिङ्गी भन्ने तपाई नै हो भन्दै यता आउनुस् भनी उहाँको कार्यकक्षमा लैजानुभयो र सबै कुरा सोध्नुभयो । मैले आफु ११ दिनसम्म अनावश्यक भौंतारिनु परेको गुनासो गर्दै आफु आउनाको सबै कारण बताएँ । मसँग २ जना मेरै गा.वि.स.को सचिवहरु पनि जानुभएको थियो र मैले उहाँहरुलाई देखाउँदै उहाँहरुले सिफारिस नदिएको कुरा बताएँ । अनि ऋ।म्।इ। साहेवले सचिवहरुलाई भन्नुभयो तपाईहरुले उहाँलाई सिफारिस गरिदिनुहोस्, सिफारिस गर्दा कुनै आपत्ति पर्दैन र तपाईहरुको जागिर पनि जाँदैन । छिट्टो सिफारिस गरिहाल्नुस्, उहाँलाई २ घण्टा भित्रमा नागरिकता दिनुपर्छ भन्दै निर्देश दिनुभयो र सचिवहरुले सिफारिस लेखिदिनुभयो अनि म जिल्ला कार्यालयमा गएँ र सरासर नागरिकताको फाराम पेश गर्ने ठाउँमा गएँ । सिफारिस बुझाएँ तर त्यहाँका कर्मचारीहरु मुखामुख गर्न थाले । होइन के हो यो भन्दै गर्दा ऋ।म्।इ। साहेब त्यही आएर उहाँलाई २ घण्टा भित्रमा नागरिकता दिनुछ छिटो गरीदिनुस् भन्दा एउटा कम्प्युटर फाँटको मान्छेले सर ! यहाँ कम्प्युटरमा त महिला÷पुरुष भन्ने कार्ड मात्र छ कसरी तेस्रो राख्ने ? भन्नुभयो र ऋ।म्।इ। ले एउटा कार्ड तयार पार हातैले लेखेर देऊ भन्नुभयो । कर्मचारीहरुले अलिकति नियमको कुराहरु गर्न थालेका मात्र के थिए, सरले तेस्रो लिङ्गीको बारेमा व्याख्या गर्दै २०६४ मा सर्वोच्च अदालतले फैसला गरिसकेको छ, संविधानमा लेखिन ड्प्ःटमा आईसकेको छ र उहाँहरुको १ जना संविधान सभाको सदस्य पनि भईसक्नुु भएको छ । यो आधुनिक जमाना हो नयाँ—नयाँ आविष्कार भईसकेको युगमा हामीले आधुनिकतालाई पछ्याउँदै जानुपर्छ । माथिबाट नागरिकता नदिनु भनेर पटक–पटक दवाब आएको छ तर म छाति थापेर दिन्छु । हरेक कुरा माथिकाले मात्र जानेको हुन्छ भन्ने छैन भन्दै अरुले कार्डमा लेख्न ढिला ग–यो भनेर खोसेर आफैं लेखेर माथिल्लो तहको सुरक्षा निकायका सदस्यहरुलाई समेत बोलाई पत्रकार सम्मेलन गरी २०६८÷०१÷०२ गतेका दिन १२ बजेर ५५ मिनेट जाँदा मेरो हातमा तेस्रो लिङ्गी लेखिएको नागरिकता थमाउँदैं बधाई छ तपाईको संघर्षले सफलता चुमोस् भन्दै बिदा दिंदा म माथि स्थानिय पत्रकारहरुको प्रश्न ओइरिन थाल्यो । करिब १ घण्टा प्रश्नउत्तरपछि म खुशीले हावामा उडें झै नाइट बसमा काठमाण्डौं हुईकिएँ । यता म्याग्दी ँ।ः।हरुमा २ दिनसम्म मेरै चर्चा चल्यो रे !
यसरी म मेरो धैर्यता र संघर्षले यहाँसम्म आइपुग्दा निकै हर्षित छु र सम्पूर्ण मेरो समुदायका मित्रहरुलाई म के आग्रह गर्न चाहन्छु भने यात्राको क्रममा ठेस लाग्न सक्छ तर हरेस कहिल्यै नखानु, हटेर होईन डटेर अगाडि बढ्नुहोला ।
धन्यवाद !
Regards,
Badri Pun
LBT Coordinator
Blue Diamond Society
Lazimpat, Kathmandu
Nepal
िनील हिरा समाजमा रहँदा र समाजबाट तलव वुझिरहँदा यस्तो भन्ने बद्री पुनले अहिले किन यस्तो भनिरहनु भएको छ । बद्री पुनलाई जवरजस्ती नागरिकता लिन लगाएको रे ? पत्याउनुहुन्छ ?
यो समाचार पनि हेर्नुहोस
काठमाडौंको पुतलिसडकमा रहेको रिपाटर्स क्लबमा समलिंगी तेश्रोलिंगीबीच विवाद भएको छ । नील हिरा समाजबाट बाहिरिएकाहरुले गरेको पत्रकार सम्मेलनमा हातहालासम्मको अवस्था आएको हो ।
समाजबाट बाहिरिएकाहरुले स्थापना गरेको मितिनि नेपाल नामक संस्थाका बद्री पुन, पुनम रोक्का र जमिम रानाले नेपालमा कोही पनि तेश्रोलिंगी नभएको बताएपछि पत्रकार सम्मेलनमा पुगेका तेश्रोलिंगीहरु आक्रोशित भएका हुन् ।
मितिनि नेपालका पदाधिकारीले तेश्रोलिंगी नै नभएको भनेर बोलेपछि आफूहरु आक्रोशित भएको तेश्रोलिंगीहरुले बताए । पत्रकार सम्मेलनमा नील हिरा समाज बन्द गर्नुपर्ने भन्दै बोल्ने बद्र पुन, पुनम रोक्का र जमिम राना विरुद्ध झण्डै २ सयको संख्यामा रहेका समलिंगी तेश्रोलिंगीले नारावाजी समेत गरे ।
दुई तर्फी नारावाजी भइरहेकाले सुरक्षाकमीले मितिनि नेपालका पदाधिकारी बाहेकका समलिंगी तेश्रोलिंगीलाई पत्रकार सम्मेलन कक्षबाट बाहिर निकालेको थियो ।
पत्रकार सम्मेलन आयोजक मितिनी नेपालले नील हिरा समाजका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले समूदायको नाममा आएको रकम दुरुपयोग गरेको आरोप लगाएको छ । नील हिरा समाजमा अनियमिमता भएको भन्दै विगत ५ महिनादेखि जिल्ला प्रशासन कार्यालयले छानविन गरिरहेको छ ।
छानविनलाई प्रभाव पार्न समलिंगीहरुको संस्था मितिनि नेपालले भ्रामक प्रचार गरेको भन्दै नील हिरा समाजमा आवद्ध भएका, वृत्ति विकास र परामर्श सेवा लिइरहेकाहरु आक्रोशित भएका हुन् ।
समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले समलिङ्गी तेश्रोलिंगीको अधिकार प्राप्तीको अभियान तुहाउने षडयन्त्र भइरहेको भन्दै संयमित हुन आग्रह गर्नु भएको छ । पन्तले सत्य तथ्य कुरा सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयले आनाकानी गरिरहनुको कारण आफूले बुझ्न नसकेको बताउनु भयो ।
नील हिरा समाजको विज्ञप्ती यस्तो छ ।
देशभर रहेका चार लाख भन्दा धेरै समलिङ्गी तेश्रोलिङ्गीलाई वृत्ति विकास र मरामर्स सेवा, एचाआइभी एड्सको सचेतना लगायतका सेवा नील हिरा समाजले दिदै आएको छ । समाजका देशका ३८ वटा जिल्लामा शाखा कार्यालय स्थापना भएर समलिङ्गी तेश्रोलिङ्गीका लागि आवश्यक सम्पूर्ण सेवा दिदै आएको छ । ती कार्यालयमा ७ सय ५० जना कर्मचारी कार्यरत छन् । समाजले नेपाललाई सहयोग गर्दै आएका विभिन्न दाता राष्ट्रबाट आएको सहयोग रकमबाट समलिङ्गी तेश्रोलिङ्गी समूदायको अधिकार प्राप्तीको शान्तिपूर्ण अभियान विगत १२ बर्ष देखि चलाउँदै आएको छ । यो अधिकार प्राप्तीको अभियानमा संचारमाध्यमले पुर्याउँदै आएको योगदानको नील हिरा समाजले उच्च सम्मान गर्दै आएको छ र यो सहयोग निरन्तर रहीरहनेछ भन्नेमा समाज पूर्ण रुपमा विश्वस्त छ ।
नील हिरा समाज स्थापना सन् २००१ मा भएको हो । समाज स्थापनाका क्रममा सुनिलवावु पन्तले हामी समलिङ्गी तेश्रोलिङ्गी खुलेर आउन डराएकाले आफन्त र चिने जानेकालाई सदस्य बनाउनु भएको थियो । जव हामीलाई लुकेर होइन खुलेर मात्रै आफ्नो अधिकार पाइन्छ भन्ने लागेपछि पन्तका आफन्तलाई सदस्यबाट हटाएर सदस्य बनेका हौ र अहिले संजिव गुरुङ्ग(पिङकी तेश्रोलिङ्गी महिला) अध्यक्ष हुनुहुन्छ । अध्यक्ष सहितका सदस्यको निर्णय विपरित कुनै पनि काम हुने गरेको छैन ।
राज्यबाट अधिकार पाउन नसकेको यो समूदायका लागि खुलेर बोल्दिने भनेको संचारमाध्यम मात्रै हुन् । राम्रो नराम्रो सबै विषय उठाएर हामीलाई खवरदारी गरेर समाज, राष्ट्र प्रतिको दायित्ववोध गराउन यो देशमा रहेका मात्रै नभएर विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमले ठूलो सहयोग गरेको छ । हाम्रो बारेमा संचारमाध्यममा आएका समाचारकै कारण सर्वोच्च अदालतले २०६४ साल पुष ६ गते पहिचान सहितको नागरिकता दिन सरकारका नाममा निर्देशनात्मक आदेश दिइसकेको छ । सर्वोच्चको आदेश पछि पहिलो पटक जिल्ला प्रशासन कार्यालय कास्कीबाट विष्णु अधिकारीले तेश्रोलिङ्गी उल्लेख भएको नागरिकताको प्रमाणपत्र लिनु भएको छ । त्यसपछि अरु दुई जना समलिङ्गी तेश्रोलिङ्गीले पनि पहिचान सहितको नागरिकता लिइसक्नु भएको छ । तर गृहमन्त्रालयले परिपत्र जारी नगर्दा यो देशमा लुकेर बसेका समलिङ्गी तेश्रोलिङ्गीले पहिचान सहितको नागरिकता पाउन सकेका छैनन् । पहिचान सहितको नागरिकता पाउने विषयमा पनि गृहमन्त्रालयका सचिव नविन घिमिरेबाट निर्देशिका जारी गर्न उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छेदार समक्ष फाइल सिफारिस भइसकेको छ ।
यो हामी समलिङ्गी तेश्रोलिङ्गी समूदायका लागि संचारमाध्यमले दिएको सकारात्मक दवावको महत्वपूर्ण प्राप्त हुन बाँकी उपलव्धी हो । अर्को प्राप्त हुन बाँकी उपलव्धी जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा रहेको छ । संचारमाध्यममा आएको अनियमितता सम्वन्धी समाचारकै कारण नील हिरा समाजका बारेमा आज भन्दा तीन महिनाअघिदेखि छानविन शुरु भएको हो । देशलाई भ्रष्टाचार मुक्त बनाउने राज्यको अभियानमा नील हिरा समाजले आफ्नो अधिकारको अभियानलाई छायाँमा पारेर संस्थाभित्र भ्रष्टाचार एवं अनियमितता भएको छ भने छानविन हुनुपर्छ सबैलाई जानकारी गराउनु पर्छ भनेरनै सहयोग गरेको हो र अहिले, पछि जिवन्तकालसम्म संस्थाले भ्रष्टाचार एवं अनियमिमता विरुद्ध सहयोग गरिरहनेछ । नील हिरा समाजका कार्यकारी निर्देशक सुनिल वावु पन्तले अनियमितता गरेको सम्वन्धमा समाजलाई सहयोग गर्ने दाता राष्ट्रबाट पटक पटक निरीक्षण भएर अनियमितता नभएको समाजलाई मात्रै नभएर काठमाण्डौका प्रमूख जिल्ला अधिकारी चुडामणी शर्मालाई समेत जानकारी गराए । दातृ निकायले दिएको सहयोग रकमबारे सरकारी निकाय समाज कल्याण परिषदले छानविन गरेर अनियमितता नभएको प्रमाणि गरिसकेको छ । तर जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा दर्ता भएको नील हिरा समाजको अहिले नविकरण नै रोकिएको छ ।
नविकरण रोकिनुले हामी ७ सय ५० जना कर्मचारी सबै बेरोजगार हुनुपर्ने भएको छ । समाजबाट बृत्ति विकास र परामर्स सेवा तथा एचआइभी एड्सको जोखिमको संक्रमणबाट जोगिने सचेतना कार्यक्रम संचानल भएका कार्यक्रम रोकिने छन् । अर्को नेपाल टेलिभिजन र उज्यालो नाइन्टी नेटवर्कबाट प्रसारण हुँदै आएको पहिचान कार्यक्रम बन्द हुने भएको छ । यसबाट सम्पूर्ण संचार माध्यममा हामी समलिङ्खी तेश्रोलङ्गीका आवाज सबै नेपाली समान छन भनेर सुनाउने अवसर समेत बन्द हुने भएको छ । यसको जिम्मेवार एक मात्र सरकारी निकाय जिल्ला प्रशासन कार्यालय काठमाण्डौ हो । त्यसका प्रमूख चुडामणी शर्मा अर्का एक प्रमूख पात्र हुनुहुन्छ । उहाँका बारेमा पनि हामी अनुशन्धान गर्न सम्पूर्ण संचारमाध्यमलाई हार्दिक अपिल गर्दछौ । अर्को कुरा जमिन रानाले ५० दिन नील हिरा समाजमा पार्ट टाइम काम गर्नु भएको हो । उहाँले ५० दिनको नियुक्ती भएपनि ६३ दिनको तलव वुझ्नु भएको हो । उहाँले त्यति वेला हामी माझ भन्नु भएको मेरो गणेश लामा छ । गणेश लामा गृहमन्त्रीको नजिकको मान्छे । म त यहाँ काम गर्न आएको होइन । यो संस्था बन्द गराउन आएको हुँ । म जसरी पनि यो संस्था बन्दा गराएर छाड्छु भन्नु भएको हो । चार महिना काम गरेर छाडेर गए पछि अहिले चर्चामा आउनु भएका जमिन रानाले शुरुमा श्रम अदालतमा मुद्धा दर्ता गराउनु भएको हो ।
जमिन राना भनेको व्यक्तीले नील हिरा समाजमा विनोद लामा, जमिम शाह, जमिन योञ्जन, जमिन श्रेष्ठ लगायतका नाम भनेर संस्थाका सम्पूर्ण सदस्यलाई भ्रमित पारेको हो । उहाँले गणेश लामा भन्ने व्यक्तको नाम लिएर हामीलाई भाड्ने काम गरेकै हो । जमिन राना भन्ने व्यक्तीले मेरो पावर गणेश लामा र उपप्रधान एवं गृहमन्त्रीसम्म पनि छ । म जसरी पनि नील हिरा समाज बन्द गर्दिन्छु । म यहाँ काम गर्न आएको हो ? जस्ता धम्की पटक पटक दिदै आउनु भएको थियो । उहाँका नामबाट अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी र त्यो उजुरी जिल्ला प्रशासन कार्यलयमा पुगेको हमी माथिको असन्तुष्टी मात्रै होइन । यो देशमा गुण्डाराज स्थापना गर्ने नियोजित षडयन्त्र प्रमूख हो भन्नेमा हामी पूर्ण रुपले अहिले विश्वस्थ भएका छौ र यो कुरा सम्पूूर्ण संचारमाध्यमलाई भन्न चाहन्छौ ।
नील हिरा समाजमा ३२ करोड रुपैयाँ आएको र यो रकम समाजका पदाधिकारीले खाए भन्नुको प्रमाण के छ ? संस्थाको शुरुवातमा सन् २००२ मा जम्मा चार लाख रुपैयाँ आएको थियो । अहिले सन् २०१२ मा करिव ११ करोड रुपैयाँ संस्थामा आएको छ । यो जानकारी हामीले प्रमूख जिल्ला अधिकारी, दाता राष्ट्र र समाज कल्याण परिषदमा लेखा परीक्षण प्रतिवेदन र दाता राष्ट्रसँग भएको सम्झौताको स प्रमाणनै पेश गरिसकेका छौ । हामी यस सम्वन्धी जानकारी सम्पूर्ण संचारमाध्यमलाई आवश्यक परेमा उपलव्ध गराउनेछौ । ३२ करोड रुपैयाँ आएको भनेर भइरहेको भ्रामक प्रचारमा विश्वास नगर्न र प्रमाण विनाको आरोपित गर्नेहरुका कुरामा विश्वास नगर्न आग्रह गर्दछौ ।
संस्थाको नाममा रहेको जग्गामा साउथ एसियामा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका लागि बनेको सामूदायिक केन्द्र निर्माणका क्रममा प्राविधिक कारणले काठमाण्डु महानगरपालिको भवन निर्माण सम्वन्धी बडा पत्रको ५ नम्वर वुँदामा उल्लेख भए अनुसार मञ्जुरीनाममा लिएर समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तको नाममा नक्सापास भएकोमा पन्तको महल भनेर गरिएको प्रचार प्रति हाम्रो ध्यानाकर्षण भएको छ । जग्गा संस्थाको नाममा रहेको र केन्द्र निर्माणका लागि नक्सापास सुनिलवावु पन्तको नाममा समाजको वोर्डलेनै निर्णय गरेर स्वीकृती दिएको प्रमाण हामीले प्रमूख जिल्ला अधिकारी समक्ष पेश गरिसकेका छौ । अहिले सामूदायिक केन्द्रको भवनलाई संस्थाकै नाममा फिर्ता गराउन काठमाण्डौ महानगरपालिकामा निवेदन दिइसकेका छौ । स्मरण रहोस भवन निर्माणको काम सकिन लागेकाले सुनिलवावु पन्तको नाममा रहेको नक्सापास संस्थाकै नाममा फिर्ता गराउने प्रक्रिया शुरु भइसकेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डुले मौखिक रुपमा मागेको सम्पूर्ण कागजात प्रमाण सहित पेश गरिसक्दा समेत संस्थाको नविकरण भएको छैन । छानविन एउटा प्रक्रिया र संस्थाको नविकरण अर्को प्रक्रिया भन्ने प्रमूख जिल्ला अधिकारी चुडामणी शर्माको न्याय दिने काममा भएको ढिलाईले संस्थामा आवद्ध यो देशमा रहेको सम्पूर्ण यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको भविष्य अन्धकारमा धकेलिन पुगेको छ । प्रमूख जिल्ला अधिकारीसँगको पटक पटकका भेटमा हामी समलिङ्गी तेश्रोलिङ्गीलाई तल्लो स्तरको शव्द प्रयोग भइरहेको छ । न्याय र अन्याय के भनेर छिनोफानो गर्ने जिल्लाका प्रमूख जस्तो सरकारी प्रमूख चुडामणी शर्माले प्रयोग गरेका शव्दबाट हामीलाई मर्माहत बनाएको छ । जुन शव्द हामी यहाँ उल्लेख गर्न सक्नेछैनौ र फेरी त्यस्ता शव्द प्रयोग नहोस भन्ने चाहन्छौ ।
हामी अन्यायमा परेका सम्पूर्ण समलिङ्गी तेश्रोलिङ्गीलाई न्याय दिने काममा सहयोग गरिदिनुहुन सबैलाई आग्रह गर्दछौ ।
थप जानकारीका लागि
भूमिका श्रेष्ठ ः ९८५१०१९४८०
भक्ती शाह ः ९८४१३५३९६०
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.