लक्ष्मी बैंक थ्री स्टारको नयाँ प्रायोजक, ६० लाखमा सम्झौता

लक्ष्मी बैंक थ्री स्टारको नयाँ प्रायोजक, ६० लाखमा सम्झौता

पहिचान/ काठमाडौं, चैत २७ – सहिद स्मारक ए डिभिजन लिग विजेता थ्री स्टार क्लबलाई लक्ष्मी बैंकले ३ वर्षका लागि प्रायोजन गरेको छ । बैंकले थ्री स्टार क्लबलाई वार्षिक २० लाखका दरले ३ बर्षका लागि ६० लाख दिने सम्झौतामा मंगलबार हस्ताक्षर भएको हो ।

यसअघि मेगा बैंकले वार्षिक १७ लाख ६५ हजार रुपैयाँमा प्रायोजन गरेको थियो । तर एक वर्षअघि नै मेगा बैंकले साथ छाडेपछि थ्री स्टार क्लब मुख्य प्रायोजक बिना थियो ।

थ्रीस्टारको सहप्रायोजक वेस्टर्न युनियन मनि ट्रान्सफर हो । यो सम्झौतापछि सबैभन्दा धेरै रकमको प्रायोजक पाउने क्लबको सूचिमा थ्रीस्टारले हिमालय शेर्पासँग बराबरी गरेको छ ।

हिमालयन शेर्पालाई यति एयरलाइन्सले प्रायोजन वापत वार्षिक २० लाख रुपैयाँ दिदै आएको छ ।

हिम श्री इलेक्ट्रोनिक्सले जाउलाखेल युथ क्लवलाई वार्षिक १८ लाख, नेपाल टेलिकमले नेपाल पुलिस क्लवलाई वार्षिक १६ लाख र इन्भेष्टमेन्ट बैंकले फ्रेण्ड्स क्लबलाई वार्षिक १५ लाख रुपैयाँ प्रायोजन वापत दिदै आएका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.