उर्जा विकासका लागि त्रिपक्षिय हस्ताक्षर

उर्जा विकासका लागि त्रिपक्षिय हस्ताक्षर

पहिचान/ काठमडौं, चैत २८ – सरकार, राजनीतिक दल र निजी क्षेत्रले उर्जा विकासका लागि न्युनतम साझा सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । उद्योग वाणिज्य दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा गरेको साधारण सभामा तीन पक्षबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सरकारको तर्फबाट अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, राजनीतिक दलहरुको तर्फबाट एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नीजि क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षरसँगै नेताहरुले उर्जा विकासमा राजनीतिक हस्तक्षेप नगर्ने प्रतिबद्धता पनि जनाएका छन् । प्रतिवद्धतापत्रमा औद्योगिक क्षेत्रमा बन्द हड्ताल लगायतका कार्य नगर्ने प्रतिवद्धता जनाएका छन् ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि सहमति नगरी झगडा गरेर बसिरहने हो भने नयाँ पुस्ताले सराप्ने भन्दै आर्थिक समृद्धिका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताए ।

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले यथासिघ्र राष्ट्रिय मुद्धामा सहमती गर्ने भन्दै ढुक्क हुन व्यवसायीलाई आग्रह गरे ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले आर्थिक सम्बृद्धिका लागि राष्ट्रिय एकता कायम गर्नुपर्ने बताए ।

महासमिति बैठकका कारण नेपाली काँग्रेसका प्रतिनिधि भने कार्यक्रममा सहभागि भएनन् नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण पनि कार्यक्रममा अनुपस्थित थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले मुलुकको आर्थिक विकासमा न्युनतम साझा आर्थिक एजेण्डा बनाएर अगाडि बढ्न दलहरुलाई आग्रह गरे ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.