असारभित्र चुनाव नभएपनि रकम खर्च गरिने

असारभित्र चुनाव नभएपनि रकम खर्च गरिने

पहिचान/ काठमाडौं, चैत २८ – अर्थ मन्त्रालयले असारभित्रै संविधानसभा चुनाव नभए पनि चुनावका लागि बिनियोजन गरेको रकम भने खर्च गरिने जनाएको छ । आर्थिक वर्ष २०६९–७० को बजेटको विषयमा पत्रकारसँग छलफल गर्दै अर्थमन्त्री शंकरप्रसाद कोइरालाले चुनावका लागि छुट्याएको रकम चुनावको पूर्व तयारीका लागि खर्च गरिने बताए ।

चुनावका लागि सरकारले १४ अर्ब रुपैंया बिनियोजन गरेको छ । सरकारले अहिलेसम्म असारमै चुनाव हुन्न भनेर घोषणा गरिनसकेको र निर्वाचन आयोगले चुनावको तयारी गरिरहेकाले चुनाव केन्द्रित बजेट ल्याएको काइरालाको भनाई छ ।

अर्थमन्त्री कोइरालाले बजेटको विषयमा पूर्व अर्थमन्त्री र राजनैतिक दलसँग परामर्श गर्नु अनिवार्य नभए पनि छलफल गरेको जानकारी दिए । उनले राष्ट्रिय योजना आयोगले पारित गरेपछि मात्रै बजेट प्रस्तुत गरेको पनि बताए ।

समय सीमाका कारण नयाँ नीति तथा कार्यक्रमहरु बिना नै पूर्ण बजेट ल्याएको कोइरालाको भनाई छ ।

ढिलै भएपनि आएको पूर्ण बजेटले निजी क्षेत्रको आशंका घट्ने र लगानीको बातावरण बढ्ने अर्थमन्त्री कोइरालाको विश्वास छ ।

कृषिलाई प्राथमिकता दिएपछि किसान उत्साहित

बजेटमा कृषि क्षेत्रले प्राथमिकता पाएपछि किसान उत्साहित भएका छन् । उत्पादनमुखी र बजारमुखी कृषि प्रणालीलाई जोड दिइएकाले किसानलाई राहत पुग्ने नेपाल कृषि अनुसन्धान परिषद नार्कका बरिष्ठ बैज्ञानिक मनोज ठाकुरले बताए ।

किसानलाई राहत दिने कार्यक्रमलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ ।

मंगलबार सार्वजनिक भएको बजेटमा रासायनिक मलमा दोब्बर अनुदान, बीउ बिजन, खाद्य सुरक्षा र गुणस्तरमा जोड दिइएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.