वंशजका आधारमा नागरिकता पाउने बाटो खुल्यो

वंशजका आधारमा नागरिकता पाउने बाटो खुल्यो

पहिचान/ काठमाडौं, चैत २९ – जन्मका आधारमा नेपाली नागरिकता पाएका बाबुआमाका सन्तानले वंशजका आधारमा नागरिकता पाउने बाटो खुलेको छ । सरकारले सिफारिस गरेको नेपाली नागरिकता पहिलो संशोधन २०६९ सम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयबाट प्रमाणिकरण भएपछि नागरिकता वितरणको बाटो खुलेको हो ।

मुख्य तीन दल र मधेसी मोर्चाबीच भएको सहमतिका आधारमा सरकारले अध्यादेश सिफारिस गरेको थियो । त्यस्तै राष्ट्रपति डा. रामबरण यादवले निर्वाचन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि प्रमाणिकरण गरे ।

यो अध्यादेशले निर्वाचन आयोगलाई चुनाव गराउने बाटो खोलिदिएको छ । आयोगका प्रवक्ता मधु रेग्मीले अध्यादेशको प्रमाणित प्रतिलिपी आयोगमा आइनसकेको बताए ।

निर्वाचन आयोगले उमेर पुगेका सबै नेपालीलाई नागरिकता लिन आह्वान गरेको छ ।

वैशाख ८ गतेदेखि नागरिकता वितरणका लागि गृहमन्त्रालयको टोली गाउँ गाउँ जाने भन्दै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले नागरिकता लिएर फोटो सहितको मतदाता नामावलीमा सहभागी हुन आग्रह गरे ।

नागरिकता वितरणका लागि ३ सय ५ वटा टोली गाउँ गाउँ जाने गृहमन्त्रालय नागरिकता फाँटका उपसचिव विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.