निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

लोकमानलाई अख्तियार प्रमुख बनाउने प्रस्ताव एमालेले खारेज गर्ने

लोकमानलाई अख्तियार प्रमुख बनाउने प्रस्ताव एमालेले खारेज गर्ने

975
SHARES

पहिचान/ काठमाडौं, बैशाख ३ नेकपा एमालेले पूर्वमुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउने प्रस्ताव खारेज गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय बल्खुमा मंगलबार बसेको एमाले पोलिटब्युरो बैठकले पूर्व मुख्य सचिव कार्कीले जनआन्दोलन दबाउन सक्रिय भूमिका खेलेकाले आयोग प्रमुख बनाउने प्रस्ताव खारेज गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले बाबुराम भट्टराइ नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्तिले चुनावलाई प्रभावित पर्ने भन्दै खारेजीका लागि उच्चस्तरीय राजनीतिक समितिमा माग गर्ने निर्णय पनि गरेको छ ।

एमालेले चुनावको वातावरणका लागि मोहन बैद्य नेतृत्वको नेकपा—माओवादी र मधेशी जनअधिकार फोरमलाई उच्चस्तरीय राजनीतिक समितिमा सहभागी गराउने विषयमा पहल गर्ने निर्णय गरेको छ ।

लोकतान्त्रिक पद्धतिमा चुनावका लागि थ्रेसहोल अत्यावश्यक रहेको ठहर पनि गरेको ज्ञवालीले जानकारी दिनुभयो ।

समाचार शेयर गर्नुहोस्
975
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.