एकल जातीय पहिचान स्वीकार्न काँग्रेसमा दवाव

एकल जातीय पहिचान स्वीकार्न काँग्रेसमा दवाव

884
SHARES

पहिचान/ काठमाडौं, बैशाख ४ – नेपाली काँग्रेसमा एकल जातीय पहिचान सहितको संघीयता स्वीकार्न पार्टी नेतृत्वलाई दवाव परेको छ । एकल जातीय पहिचान सहितको संघीयताको पक्षमा रहेका आदिवासी जनजाती नेताहरुले पार्टी नेतृत्वलाई दवाव दिएका हुन् ।

बुधबार पार्टी सभापति सुशील कोइरालालाई भेटेर नेपाल लोकतान्त्रिक नेवा खलः, नेपाल तामाङ्ग संघ, तमु राष्ट्रिय परिषद्, नेपाल मगर संघ लगायत विभिन्न जातिय संगठनका प्रमुखहरुले एकल जातीय पहिचान स्वीकार्न दवाव दिएका हुन् ।

उनीहरुले पार्टीका स्वर्गीय नेता भिमबहादुर तामाङको संयोजकत्वमा बनेको समितिले तयार पारेको संघीयताको खाका नमान्ने चेतावनी समेत दिएका छन् ।

समितिले जातीय पहिचान बिना ऐतिहासिक, भौगोलिक, साँस्कृतिक लगायत १७ वटा आधारमा संघीय संरचना निर्धारण गर्न सुझाव दिएको थियो ।

सभापति कोइरालाले एकल जातीय पहिचानबारे पार्टीमा छलफल गर्ने बताएको बुझिएको छ । इकान्तिपुरका अनुसार कोइरालाले असन्तुष्ट आदिबासी जनजाति नेताहरुले उठाएको माग सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

समाचार शेयर गर्नुहोस्
884
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.