निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रचण्डले भेटे चिनियाँ राष्ट्रपतिलाई

प्रचण्डले भेटे चिनियाँ राष्ट्रपतिलाई

840
SHARES

पहिचान/ काठमाडौं, बैशाख ५ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपीङबीच भेटवार्ता भएको छ । झण्डै पौने एक घण्टा चलेको भेटमा दुई देशको सम्बन्ध र सहयोगका विषयमा छलफल भएको छ ।

भेटमा चिनीयाँ राष्ट्रपति सीले संविधान सभाको चुनाव भएर संविधान बनोस भन्ने चीनको चाहना रहेको बताएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । प्रचण्ड र सीबीच दुई पार्टीबीचको सम्बन्ध सुधारका विषयमा पनि छलफल भएको छ ।

प्रचण्डले बाजी मारे, तर विश्वास जित्नु चुनौतिपूर्ण

परराष्ट्रविद् राजदुत राजेश्वर आचार्यले चीनमा नेतृत्व परिवर्तन भएका बेला पुष्पकमल दाहाल प्रचण्डले भ्रमण गरेर बाजी मारेपनि चीनको विश्वास जित्नु चुनौतिपूर्ण रहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको कार्यक्रममा आचार्यले सहमतिबाट स्थायित्व र शान्ति कायम गर्न सक्ने नसक्ने गम्भीर चुनौति प्रचण्डका अगाडि रहेको बताए ।

विगतमा चीनले दरबारमाथि विश्वास गरेकोमा राजतन्त्रको अन्त्यपछि ऊ विश्वासिलो मित्रको खोजीमा रहेको आचार्यको भनाई छ । चीनका लागि नेपालको राजदूत समेत रहिसकेका आचार्यले प्रचण्डलाई चीनले परीक्षण गर्न चाहेको बताए ।

नेपालमा स्थायित्व, सुरक्षा र विकासको चिनियाँ चाहनालाई अहिलेसम्म कसैले सम्वोधन गर्न नसकेको भन्दै आचार्यले चीनको यो चासो व्यवस्थापन गर्न सक्ने नै विश्वासिलो मित्र बन्ने स्पष्ट पारे ।

चीनका लागि अर्का पूर्व नेपाली राजदुत टंक कार्कीले चीनमा नेतृत्व परिवर्तन भएको फरक परिस्थितिमा भएको प्रचण्डको चीन भ्रमणलाई महत्वका साथ हेरिए पनि दलका नेता विशेषको भ्रमणलाई दुई देशको सम्बन्धको विकासको कडिको रुपमा बुझ्न नहुने बताए ।

नेपालको विकासका लािग भारतसँग वीप्पा गरे जस्तै चीनसँग पनि त्यस्तै सम्झौता गर्नुपर्नेमा कार्कीले जोड दिए ।

समाचार शेयर गर्नुहोस्
840
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.