भारतमा नेपाली युवतीमाथि सामुहिक बलात्कार

भारतमा नेपाली युवतीमाथि सामुहिक बलात्कार

पहिचान/ काठमाडौं, बैशाख ५ – भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली युवती माथि सामूहिक बलात्कार भएको छ । बुधबार सामूहिक बलात्कारमा परेकी युवती सिन्धुपाल्चोकको खाम्पालकोट १ की १८ वर्षीय युवतीको बलात्कार भएको दिल्लीस्थित हेल्प नेपाली मिशनका अध्यक्ष कवि कार्कीले जानकारी दिए ।

तामाङ थरकी पीडित युवतीको दिल्लीको सफदरगञ्ज अस्पतालमा उपचार भैरहेको छ । पीडित विवाहित हुन् । पीडित र उनका श्रीमानलाई नेपाली नागरिकसँग भेट गर्न नदिइएको कार्कीले बताए ।

वलात्कृत युवती बेहोस रहेको मेडिकल रिपोर्ट उधृत गर्दै भारतीय संचार माध्यमले जनाएका छन् । युवतीको बलात्कार भएपछि दोषी माथि कडा कारवाहीको माग उठिरहेको छ ।

यसैबीच, हेल्प नेपाली मिशनले आफ्नो नागरिक माथि बलात्कार हुँदा पनि दिल्लीमा रहेको नेपाली दुताबासले कुनै ध्यान नदिएको गुनासो गरेको छ । आफूले कार्यवाहक राजदुतसँग कुरा गरेको र सहयोग गर्ने आश्वासन दिएपनि दुताबासबाट अहिलेसम्म कर्मचारी नआएको अध्यक्ष कार्कीले बताए ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार श्रीमानसँग दिल्लीको कोटला मुबारकपुरमा बस्दै आएकी युवतीलाई बुधबार राती अपहरण गरिएको थियो । उनलाई गुँडगाव लगेर तीन जनाले बलात्कार गरेको र बिहान नजिकैको चिया पसल अगाडि लगेर फालेको भारतीय संचार माध्यमले जनाएका छन् ।

भारतीय प्रहरीले अपराधीको खोजी भैरहेको बताएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.