नागरिकता वितरण बैशाख ८ गतेदेखि

नागरिकता वितरण बैशाख ८ गतेदेखि

काठमाडौ, ५ बैशाख । सरकारले नागरिकता वितरण सम्बन्धि निर्देशिका पारित गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद बैठकले फोटो सहितको मतदाता नामावली संकलनसँगै नागरिकता वितरणको काम सञ्चालन गर्न सरकारले उक्त निर्देशिका पारित गरेको हो ।
नागरिकता वितरणमा गृह मन्त्रालयबाट खटिने टोलीको लागि कार्य सञ्चालन विधि पनि पारित भएको छ । टोली यही बैशाख ८ गतेदेखि देशभर खटिने छ ।
यसैबिच, फोटो सहितको मतदाता नामावली संकलनका लागि बैशाख ८ गतेदेखि देशभर नागरिकता वितरण पुन: सुरु हुने भएको छ । नागरिकता वितरणका लागि कार्यविधी पारित गर्दै यस्तो निर्णय गरेको हो । गृहमन्त्रालयबाट खटिने टोलीको कार्यविधी पारित भएको हो । नागरिकता टोलिसँगै मतदाता नामावली संकलकहरु पनि गाउँ गाउँ पुग्ने भएका छन् । यसअघि निर्वाचन आयोगले जारी राखेको मतदाता नामावली संकलनलाई नेकपा–माओवादीका कार्यकर्ताले अवरोध पुर्‍याएपछि रोकिएको थियो । बैठकले सेना समायोजनका लागि बाँकी रहेका काम सक्न सेना समायोजन विशेष समिति सचिवालय संयोजक वालानन्द शर्मालाई जिम्मेवारी दिइएको छ ।
बैठकले माओवादी पूर्व लडाकुको समायोजन सम्बन्धि केही काम बाँकी रहेकाले सेना समायोजन विशेष समितिको सचिवालय संयोजकमा बालानन्द शर्मालाई जिम्मेवारी दिने समेत निर्णय गरेको छ ।
जलविद्युत विकासमा एसियाली विकास बैंक एडिबीसँग १३ अर्ब सहयोग लिन ऋणपत्रमा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अनुमति दिने निर्णय पनि भएको छ । नेपाल ट्रष्टको सम्पत्ति संरक्षणका लागि तीन करोड २५ लाख रुपैयाँ छुट्याउने बैठकले निर्णय गरेको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.