बम निष्कृय

बम निष्कृय

काठमाडौ, ५ बैशाख । बाँकेमा फेला परेको ग्यास सिलिण्डर बम निष्कृय पारिएको छ । जिल्लाको बनकटुवास्थित कोहलपुर न्यू सिटी टाउन प्लानिङमा ग्यास सिलिण्डर बम फेला परेको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको हो । नेपाल कम्युनिष्ट पार्टी माओवादी क्रान्तिकारीको पर्चासहित बम फेला परेको थियो । नेकपा माओवादी क्रान्किारी बाँके जिल्ला समिति सेक्रेटरी कमरेड भेरीको हस्ताक्षरसहित फेला परेको पर्चामा खेती योग्य जमिनलाई घडेरी बनाई मूल्यवृद्धि गरेको विरोधमा बम राखिएको उल्लेख छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.