निलहिरा समाज नविकरणको आशा पलायो

निलहिरा समाज नविकरणको आशा पलायो

897
SHARES

नरेश फुयांल–काठमाडौ, ५ बैशाख । समलिङ्गि तथा तेस्रो लिङ्गि समुदायमा अब भने आफ्नो संस्था निलहिरा समाज नविकरण हुने आशा पलाएको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी चूणामणी शर्माको सरुवा भएपछि उनीहरुमा नविकरणको आशा जागेको हो ।
सरकारले हिजो देश भरका ३१ प्रमुख जिल्ला अधिकारीको सरुवा हुंदा शर्माको पनि सरुवा भएपछि अब आउने प्रमुख जिल्ला अधिकारीले संस्था नविकरण गरिदिने विश्वास रहेको निलहिरा समाजका संस्थापक अधयक्ष सुनिलबाबु पन्तले बताए ।
“अनावश्यक शर्त अघि सार्दै शर्माले संंस्थाको नविकरण रोकिराखेका थिए, पन्तले भने हामिले सबै कानूनी प्रकृया पुर्‍याउदा पनि हामिलाई शर्माले दु:ख दिइरहे, यसरी उनले अब कसैलाई पनि दु:ख नदिउन हामी कामना गर्छौं ।”
संस्था नविकरण हुन नसक्दा आफुले चलाउदै आएको अभियान नै बन्द हुने अवस्था आएको भन्दै समाजले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि राजनीतिक दल, संचार माध्यम तथा समाजका हरेक तह र तप्कालाई नविकरणका लागि दवाव दिन आग्रह गरेको थियो ।
समाजकी अध्यक्ष पिङ्की गुरुङ्गले आफुहरुले समलिङ्गि तथा तेस्रो लिङ्गिहरुको हक अधिकारका लागि चलाउादै आएको अभियान नै बन्द गर्ने नियतले काठमाडांै जिल्लाका प्रमुख जिल्ला अधिकारी शर्माले दु:ख दिएको भए पनि अब भने त्यस्तो नहुने अपेक्षा गरेको बताइन् ।
गुरुङ्गले संस्था नविकरण नहुदा देशभरका ५६ शहरमा रहेका शाखा कार्यालयमा कार्यरत ७ सय ५० जनाले प्रत्यक्ष रुपमा रोजगारी गुमाएका र संस्थामा आबद्ध भएका ५ लाख भन्दा बढी प्रभावित बनेको जानकारी दिईन् ।
समाजकि मानब अधिकार विभाग प्रमुख भुमिका श्रेष्ठले सरकारलाई वार्षीक एक करोड भन्दा बढी कर तिर्ने गरेको जानकारी दिदौ सहयोग गर्नु पर्ने सरकारले उल्टै दु:ख मात्र दिएको गुनासो गरिन् ।
बुधबार बसेको मन्त्रीपरिषद बैठकले शर्मालाई मन्त्रालय तानेको छ भने काठमाडौको प्रमुख जिल्ला अधिकारीमा वसन्तराज गौतमलाई ल्याएको छ । काठमाडौंबाट बुधबार प्रकाशित बिभिन्न राष्ट्रिय दैनिकहरुले शर्मालाई “विवादास्पद छबि बनाएका प्रजिअ” भनेर चित्रित गरेका छन् ।

समाचार शेयर गर्नुहोस्
897
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.