राष्ट्रपतिद्वारा चार पटक सत्ता कब्जाको प्रयास : भट्टराई

राष्ट्रपतिद्वारा चार पटक सत्ता कब्जाको प्रयास : भट्टराई

काठमाडौं, ६ बैशाख । केहि दिन यता आफु प्रधानमन्त्री भएकाबेला भएका गतिविधि सार्वजनिक गर्दै आएका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइले फेरी एक पटक मुख खोलेका छन् । गोप्य भन्दै उनले राष्ट्रपतिको सत्ता कब्जाको प्रयाश बारे बताएका छन् ।
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराइले राष्ट्रपति डा. रामवरण यादवले चार पटक सत्ता कब्जाको प्रयास गरेको बताएका छन् । आफ्नै निवास ललिलिपुरस्थित सानेपामा शुक्रबार पत्रकारसँग भट्टराइले भने, ‘सरकार सचेत भएकोले राष्ट्रपतिको प्रयास असफल भयो ।’
पूर्व प्रधानमन्त्री डा भट्टराइले भट्टराइले राष्ट्रपतिले जेठ १५, साउन ७, कात्तिक पहिलो र मंसिर दोश्रो हप्ता सत्ता आफ्नो हातमा लिन खोजेको आरोप लगाए ।
जेठ १५ गते संविधानसभा विघटन भएपछि अवैधानिक भनेर हटाउने तयारी गरेकोमा आफूले संविधान सभाको म्याद छँदै निर्वाचनको मिति तोकेर राष्ट्रपतिको प्रयास असफल पारेको उनले जानकारी दिए ।
कात्तिकको पहिलो हप्ता प्रधान सेनापति गौरव शमशेर राणालाइ भेटेर राष्ट्रपतिले सत्ता कब्जा गर्ने कोशिस गरेपनि सेनाबाट सहयोग नपाएको पूर्व प्रधानमन्त्री उनको दावी छ । तीन दिन अघि उनले संविधानसभाको विगटनका कारण भन्दै एघार बुदा सार्बजनिक गरेका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.