पानीमा डुबेर दुईको मृत्यु

पानीमा डुबेर दुईको मृत्यु

काठमाडौं, ६ बैशाख ।
बाँकेमा शुक्रबार पानीमा डुबेर दुई बालकको ज्यान गएको छ । जिल्लाको खजुरामा इटा भट्टाको खाल्डोमा भरिएको पानीमा डुबेर दुई बालकको ज्यान गएको हो । सोनपुर ४ को चाइना इटा भट्टाको खाल्डोमा डुबेर स्थानीय १३ बर्षीय मिठु यादव र ११ बर्षीय रामशरण यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।
बिहान घरबाट भैसी चराउन गएका दुबैजना पौडी खेल्ने क्रममा खाल्डोमा डुबेका बाँके प्रहरीले जनाएको छ । घटनापछि स्थानीय बासिन्दाले क्षतिपुर्तिको माग गर्दै नेपालगञ्ज–खजुरा सडकखण्ड अवद्ध पारेकोमा सहमतिपछि यातायात सञ्चालन भएको छ ।
इटा भट्टाले वालकका परिवारलाई तत्काल ५०/५० हजार रुपैयाँ दिने र खाल्डो वरिपरी तारजाली लगाउने सहमति भएपछि यातायात सञ्चालनमा आएको हो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.