निर्वाचन क्षेत्र पुन: निर्धारण थाल्न आग्रह

निर्वाचन क्षेत्र पुन: निर्धारण थाल्न आग्रह

काठमाडौं,७ बैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मधेशबादी दलहरुको मागलाई संबोधन गर्दै संविधानसभाको निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण र मतदाता नामावली संकलन तत्काल थाल्नु पर्ने बताएका छन् ।
सबै राजनीतिक दलहरुलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका उनले असन्तुष्ट दलहरुलाई पनि सहमतिमा ल्याउन सरकार र राजनीतिक दलहरुले पहल थाल्नु पर्नेमा जोड दिए । नेपाल बुद्धिजिवी परिषद् भक्तपुरको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेता नेपालले बिचार मिल्ने पार्टीहरुसंग निर्वाचनका लागि सहकार्य गर्ने जानकार ीदिए ।
बहुदलीय जनवादको बिचारमा अडिग रहेको एमाले आगामी सविधान सबै भन्दा ठूलो पार्टी बन्ने नेता नेपालको दाबी छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.