शुरु भयो फोटो सहितको मतदाता नामावली संकलन

शुरु भयो फोटो सहितको मतदाता नामावली संकलन

पहिचान /काठमाडौ, बैशाख ८- निर्वाचन आयोगले आजदेखि फेरि फोटो सहितको मतदाता नामावली संकलनको काम शुरु गरेको छ । नेकपा माओवादी लगायतका ३३ दलको विरोधका बाबजुद निर्वाचन आयोगले गाउँ गाउँमा टोली पठाएर नामावली संकलनको काम शुरु गरेको हो । आजदेखि सुनसरी, सुर्खेत, इलाम र भोजपुमा शुरु भएको निर्वाचन आयोगले जनाएको छ । अरु २० जिल्लाको कार्य योेजना पनि आइसकेको र अरु जिल्लामा कार्ययोजना बनाएर काम गर्न निर्देशन दिएको निर्वाचन आयोगका प्रवक्ता मधुप्रसाद रेग्मीले जानकारी दिनुभयो । जेठ महिना भरीमा काम सकिने प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले जानकारी दिनुभयो । तर नेकपा माओवादी लगायतका दलले नामावली संकलनको काम नरोके विथोल्ने चेतावनी दिएका छन् । आयोगमा ज्ञापन पत्र बुझाउँदै ती दलले काम रोक्न माग गरेका हुन् ।

नागरिकतालाई वहाना बनाएर मतदाता नामावली संकलनको काम गर्न खोजिएकोले रोक्न माग गरिएको र नरोके असफल पारिदिने संघीय लिम्बुवान राज्य परिषद्का नेता खगेन्द्र माखिमले जानकारी दिनुभयो । नागरिकता वितरणका नाममा प्रहरी परिचालन गरी चुनावको काम गर्न खोजिएको उनीहरुको आरोप छ । राजनीतिक सहमतिपछि मात्रै चुनाव सम्बन्धी गतिविधि अघि बढाउनु पर्ने उनीहरुको माग छ । गृहमन्त्रालयले पनि नागरिकता वितरण अभियान शुरु गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाइ निर्देशन दिएको प्रवक्ता शंकर कोइरालाले जानकारी दिनुभयो । सरकारले नागरिकता वितरण अभियान शुरु गरेसँगै आयोगले पनि फोटो सहितको मतदाता नामावली संकलन गर्ने भनेर चैत १९ गतेदेखि नामावली संकलन रोकिएको थियो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.