नरेश फुयांल – काठमाडौं, १० बैशाख । अमेरिकाले नेपालको विकसित पछिल्लो राजनीतिक घटनाक्रम प्रति चासो ब्यक्त गरेको छ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालसंग भेटेर अमेरिकी राजदूत पिटर डब्लु बोडीले राजनीतिक चासो ब्यक्त गरेका हुन् ।
खनाल निवासमा डल्लु पुगेका बोडिले राखेको राजनीतिक जिज्ञासामा अध्यक्ष खनालले आशन्न संविधानसभा निर्वाचनको वातावरण तयार गर्न आफ्नो पार्टी जुटिरहेको बताएका छन् । भेटमा खनालले असन्तुष्ट पक्षलाई पनि चुनावी प्रक्रियामा सहभागी गराउन मुख्य दल लागिरहेको बताएका उनको निजी सचिवालयले जनाएको छ ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.