एक हप्ताभित्र ऐन ल्याउन निर्वाचन आयोगको आग्रह

एक हप्ताभित्र ऐन ल्याउन निर्वाचन आयोगको आग्रह

नरेश फुयांल – काठमाडौं, १० बैशाख । निर्वाचन आयोगले संविधानसभा सदस्य सम्बन्धि ऐन तत्काल ल्याउन सरकारसित आग्रह गरेको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले मंगलबार बिहान काठमाडौ गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले संविधानसभा सदस्य सम्बन्धि ऐन एक हप्ताभित्र ल्याउन आग्रह गरे ।
चुनावी प्रक्रिया शुरु भैसकेको भन्दै उप्रेतीले ऐन ढिला आउँदा समस्या पर्ने उनको भनाई छ । उप्रेतीले अबको निर्वाचनमा सिट संख्या घट्ने हुँदा मिश्रित निर्वाचन प्रणालीमा समावेशी प्रतिनिधित्व चुनौतिपूर्ण रहेको बताए ।
समावेशी प्रतिनिधित्वको लागि समानुपातिको सिट संख्या बढाउनु पर्नेमा जोड दिदै उनले थ्रेस होल्डको व्यवस्थाले समावेशी प्रतिनिधित्वलाई असर नगर्ने जीकिर गरे ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.